एजेन्सी । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो ।
संक्रमित जनाबरहरुले श्वास फेर्नसमेत कठिनाई महशुस गरेको बताइएको छ । जनाबरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यसअघि मानिसबाट जनाबरमा कोभिड सर्ने वैज्ञानिकहरुले बताएका थिए ।
भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् । जनावरमा गरिएका परीक्षणमा भाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।
योपनि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यस्तै एकपटकमा पाँचसय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको छ । अवलोकनकर्ताले मास्क अनिवार्य लगाउनुपर्ने, चिडियाखानाभित्र बसेर खान र
जीव जनावरलाई खुवाउन छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्नेछ । कोरोना सङ्क्रमण बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गर्ने र आवश्यक परे एकपटकमा दुुई सय जना मात्रै अवलोकनकर्तालाई प्रवेश गराइने चिडियाखानाले जनाएको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् ।
ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।






