काठमाण्डौ । विश्व यतिबेला फेरी एकपटक कोरोनाको तेश्रो लहरले पुरै घेरिएको छ । यसरी घेरिने क्रममा नेपालपनि अछुतो रहेको छैन । नेपालमा पनि कोरोना कारण धेरै बिरामीको संख्या बढ्दै गईरहेको विभिन्न अस्पतालले जनाएको छ । यसै कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले संक्रमण बृद्धिदर रोक्नकोलागी विभिन्न कुराहरुमा केही निर्णय गरेर आदेश जारी गरेको छ । कोरोना महामारी नियन्त्रका लागि काठमाण्डौ जिल्ला प्रशासनले पुनः २७ बुँदे आदेश जारी गरेको हो ।
काठमाण्डौ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो । गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न निर्देशन दिइएको छ ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलाप पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ । परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ । सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगाएत २७ बुँदे निर्देशन जारी गरिएको हो । यस्ताछन् आदेशहरु









