काठमाण्डौ । स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ । टिचिङ अस्पतालमा एक हप्तामा ६० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने निजामती अस्पतालमा ३०, पाटन अस्पतालमा २५, वीर अस्पतालमा १५, भक्तपुर अस्पतालमा ७ र सशस्त्र प्रहरी अस्पतालमा ४ जना सङ्क्रमित भएका छन् ।
शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सक लगायत स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । योपनि महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसकेको छ ।
युनिफाइड कोभिड अस्पताल ९वीर अस्पताल०का प्रमुख कार्यकारी अधिकारी डा.भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देखिन थालेपछि बिरामीको उपचारमा समेत समस्या परेको जानकारी दिँदै उनले २४ घण्टाको अन्तरालमै ३२ जना सङ्क्रमित भर्ना हुनुलाई सकारात्मक लिन नमिल्ने बताए ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोभिडका बिरामी बढ्न थालेका छन् । अस्पतालकी निर्देशक डा। मनिषा रावलले केही दिनयता अस्पतालमा कोभिडका बिरामी बढ्न थालेको जानकारी दिए । बिरामी बढ्न थालेपछि कोभिड र ननकोभिडका बिरामीको उपचार कसरी गर्ने भनेर आकस्मिक छलफल भएको जानकारी दिँदै उनले केही हप्ता कोभिडका बिरामी बढ्न सक्ने बताए ।

करिब एक साताअघि आउने सङ्क्रमितमा अस्पताल भर्ना गराउनुपर्ने बिरामी नभएको जानकारी दिँदै उनले पछिल्लो समय कोभिडका बिरामी बढ्न थालेको बताएका हुन् । अस्पतालको आकस्मिक कक्षमा हाल दैनिक १५÷२० जना सङ्क्रमित आउने गरेको जानकारी दिँदै उहाँले तीमध्ये सरदर पाँच जना भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको जानकारी दिए ।
टेकु अस्पतालका आकस्मिक कक्षका प्रमुख लीला भण्डारीले अहिले आउने सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गर्नुपर्ने र अक्सिजन चाहिनेखालका कम रहेको बताए । उनले ज्व रो आउने, श री र दु ख्ने, घाँ टी दु ख्नेजस्ता सामान्य लक्षण भएका बिरामी आउने गरेको जानकारी पनि दिए । यसअघि दोस्रो लहरका बेला एउटा बिरामी दुई महिनाभन्दा बढी अस्पताल भर्ना गर्नुपरेको थियो तर अहिले त्यस्तो अवस्था नरहेको पनि बताए ।
टेकु अस्पतालमा हाल रुघाखोकी र ज्वरोको समस्या लिएर दैनिक २५ देखि ३० जना आउने गरेका छन् । शुक्रराज अस्पतालमा पीसीआर परीक्षणका लागि पुग्नेको सङ्ख्या पनि बढेको छ । पीसीआर परीक्षण क्रममा कोभिड पोजेटिभ हुने दर पनि बढेको छ । केही दिन अघिसम्म ७०÷८० जनाको पीसीआर गर्दा तीन÷चार जनामा मात्र कोरोना देखिने गरेकोमा अहिले अधिकांशलाई कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ ।
त्रिवि शिक्षण अस्पतालमा शुक्रबार ३२५ जनाको पीसीआर परीक्षण गराइएको थियो । तीमध्ये १६० जनालाई कोरोना पोजेटिभ देखिएको छ । सो अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शिक्षण अस्पतालमा ५० जना कोरोना सङ्क्रमित भर्ना भएको बताउँदै १२ जनाको आईसीयूूमा उपचार भइरहेको बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ ।
कान्ति बाल अस्पतालमा पनि यो समाचार तयार गर्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या कम भएपनि कोरोनाको श ङ्का गरिएका बिरामी धेरै छन् । अस्पतालका निर्देशक डा. अजित रायमाझीले कोरोना सङ्क्रमित थोरै भए पनि श ङ्का स्प द बिरामी १५ जना रहेको जानकारी दिएका छन् ।






