धनगढी । धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ । मन्त्री आले चढेको सु.प. प्रदेश ०१,००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दु’र्घ’टनामा परेको हो ।
धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठ’क्क’र दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गाईलाइ ठ’क्क’र दिएर अ’नि’यं’त्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठ’क्क’र दिएको प्रहरीले बताएको छ ।

मन्त्री सवार गाडी दु’र्घ’टनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन् । ठ’क्क’र दिने गाडिमा सवार सबै सकुसल रहेको जनाइएको छ । गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ‘कार चालक हाम्रो नियन्त्रणमा छन्, मन्त्रीज्यू चढेको गाडीमा क्ष’ति पुगेको छ,’ अधिकारीले भने ।






