काठमाडौ । सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाहको सम्मान गरेको छ । मंगलवार पृथ्वी जयन्ती हो आज कतै पृथ्वी नारायण शाहको सम्मान त कतै विरोध गरिएको छ । सरकारले भने पृथ्वी नारायण शाहको सम्मानमा औपचारीक कार्यक्रम राखेको छ ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । यो पनि जनता समाजबादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै नगर्न आग्रह गरेका छन् ।
मंगलबार पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा डा। भट्टराईले उनी इतिहासको आवश्यकता र आकस्मिकताको उपज भएको बताउँदै देवत्वकरण र दानवीकरण नगर्न आग्रह गरेका हुन् । ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं । उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन्,’ सामाजिक सञ्जाल ट्विटमा बाबुरामले भनेका छन् ।,
‘कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पककूजीवाद जन्मने हो । अब समाजबादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो ।’
राष्ट्र निर्माताका रुपमा चिनिने शाहमाथि हल्का टिप्पणी गरेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको चर्को आलोचना सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राज्य एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका शाहबारे गलत व्याख्या नगर्न चेतावनी दिएका छन् । यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा हरेक वर्ष वभिन्न कार्यक्रम हुँदै आएका छन् ।






