रचना रिमाल पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनी दिनहुँ दुइदेखि तीनटा गीत रेकर्ड गराइरहेकी हुन्छिन् । स्मारिका ढकाल र सामारिका ढकाल टिकटकमा झ’गडा गरेका भिडियो र नृत्य हालेर चर्चामा आएका जुम्ल्याहा दिदीबिहिनी हुन् । पछिल्लो समय सामाजिक संजालमा खुब रुचाइएका यि तीनै कलाकार झापाका हुन् । रचना र स्मारिका–सामरिका सबैलाई अहिले अन्तर्वाता दिन भ्याइनभ्याइ छ ।
तर, हाम्रोकला टिभीले पहिलोपल्ट रचना र स्मारिकालाई विल्कुलै अनौपचारिक गफ गरेका बेला कैद गरेको छ । स्मारिकाले अन्तर्वाता लिएकी छिन् भने रचनाले आफ्नै शैलीमा जवाफ फर्काएकी छिन् । भिडियोमा हेर्नुस्, दुइविचको रमाइलो गफ






