अभिनय कलाका कारण फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी अभिनेत्री हुन् केकी अधिकारी । अन्य कलाकारहरु विभिन्न कारणले वि’वादमा ता’निन्छन् तर केकी भने वि’वादवाट टाढा नै रहन्छिन् । तर केही वर्षयता भने केकी गायक तथा मोडल आर्जन पान्डेको प्रेममा रहेको चर्चा छ । यद्यपि, उनी यस विषयमा मौन छिन् । दुवै जनाले चर्चाका बारेमा कुनै प्रतिकृया दिएका छैनन् । आर्जनको स्वरमा रहेको ‘झिमिक्कै परेली’ बोलको गीतमा केकीले नृत्य समेत गरेकी छन् ।
उनीहरुले बेला बखतमा एकअर्काको तस्विर सामाजिक स’ञ्जालमा पनि पो’स्ट्याउने गरेका हुन्छन् । दुई दिन अगाडि आर्जनले केकीसँग ‘यो पल पलको आवाज हो’ बोलको गीतमा टिकटक भिडियो बनाएका छन् । यो गीतमार्फत् उनीहरुले एकअर्काप्रति प्रेमभाव व्यक्त गरेका छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको कुरालाई यो टिकटक भिडियोले पनि बल पुर्याउँछ ।
केहि समयअघि पनि केहि मिडियामा यी दुइको प्रेससम्बन्धबारे खबर बाहिरिएका थिए तर पनि दुबै यो बिषयमा माैन छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुस ।






