काठमाडौँ , हिजो आज टिकटक, युटयुब, फेस बुकमा एउटा संबाद निकै हिट छ, के छ हजुर ? ठिक छ हजुर! यो संबाद अरु कसैको नभय र सचिन परियार को हो । उनै सचिनले गयको गितलाइ युट्युबमा २७ लाख दर्शकले हेरी सकेका छन् ।
मुसिकोट थाई घर भएर अहिले तम्घासमा बसोबास गरिरहेका जादूमय स्वर र मिठो बोलीले भाईरल भएका भाई सचिन परियारको पहिलो गित “ओठ खोलेर” सार्बजनिक भएको छ। महेन्द्र भण्डारीको लय र एरेन्ज रहेको यो गितमा सबै लगानि सबिन क्षेत्रीको रहेको छ।
सचिनले रबिना बसेल अर्की भाईरल नानीसँग स्वरमा स्वर मिलाएर यो गित गाएका छन भने यसमा थप साथ दिएका छन स्वरमै चर्चित गायक अर्जुन कुवर र अश्मिता बुढाथोकीले भने शब्द रहेको छ गणेश अधिकारी र थेगो महेन्द्र भण्डारीको।
जसलाई निर्देशन गरेकी छिन गुरुआमा स्मिृति तिमिल्सिनाले । जसमा चर्चित मोडल करिश्मा ढकाल, एलिना रायमाझी, अर्जुन कुवर र सबिन क्षेत्रीको पनि अभिनय र स्वयम सचिन परियारको पनि जोडदार अभिनय र कमेडी रहेको छ ।
युट्युबको ट्रेन्डीङ नम्बर २ मा पर्न सफल भएको छ। भिडियो हेर्नुहोस्ः






