काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् । माओबादी केन्द्रको महाधिवेशनलाई आज आइतबार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताए ।
अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ । उनले पछिल्ला तीन–तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । पार्टीहरू अहिलेसम्म नागरिक अधिकारका प्रश्नमा केन्द्रित रहेको तर देश बनाउने र नागरिकको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिइएको उनले बताए ।
महासचिव पोखरेलले दलहरूका महाधिवेशनमा नागरिकका मु द्दामा छलफल हुनुपर्नेमा जोड दिए । अहिले देश हिँड्नुपर्ने बाटो एउटा भए पनि राजनीति अर्कै बाटोमा हिँडेको भन्दै महासचिव पोखरेलले सबै दल र नेताले एक पटक ग म्भी र भएर यो विषयमा सोच्नुपर्ने बताए ।






