काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ८० अंकले बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ५२२ दशमलव ५१ विन्दुमा पुगेको हो ।
यस अवधिमा कारोबारमा आएका ३८ ओटा धितोपत्रको ६ हजार १२१ कित्ता शेयर रू ८१ लाख ३१ हजारमा खरीदविक्री भएको छ । प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको भएको छ । उक्त कम्पनीको रू। ५५ लाख १२ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
योपनि पढौं
नेप्सेले यस वर्ष १६६, ६७ प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते साधारण सभा
काठमाण्डौ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस वर्ष १६६ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेले हाल कायम चुक्तापूँजी रू. ६० करोडको आधारमा १०० प्रतिशत करसमेत नगद लाभांश र ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।
उक्त प्रस्ताव पारितका लागि पुस २९ गते नेप्सेले ४०औं वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको यूएनआई शान्तिमार्ग, काठमाडौंमा रहेको कार्यालयमा विहान ११ बजे सभा बोलाइएको हो । सभाले लाभांशसहित गत आर्थिक वर्ष ०७७ ७८ सम्मको सिडिएस एण्ड क्लियरिङ लिमिटेडसहितको वार्षिक
प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साधारण सभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।






