काठमाण्डौ । आम्मै गङाजल बोक्नेहातमा वाइनको गीलास ? मानौ आरतीले पहिलो पटक महिलाई वाइनको साथमा देखेकी छे ? तिमी पनि खाने भए आउ न भिडले राधिकालाई निम्त्यायो । यतिका बर्ष नखाएर पुग्यो अह म त मरिगए खान्न मानौँ आरती बाहेक अरु कोहि सुद्द छैन ।
स्पस्टिकरण को भाषामा आरती हाक लगाउन थाली । नखानेलाई कर गर्दैनौं खानेलाई नखाउ भन्दैनौं । यसको मतलव हामी घ्याम्पे पनि होइनौं है, भि ड चिचोल्दै सबिना डु क्री ई । बिस्तारै बिस्तारै महफिल जम्दै गयो हासो थपिदै गयो मानौं यहाँ दुखका क्लेस सम्म जिवित छैनन् ।
शहरको भब्य पाँच तारे होटल होटलमा चलिरहेको भब्य सम्मेलन । यहाँ सबथोक छ खोज्न मिल्ने भेट्न सक्ने यो महफिलहो आफुलाई हराउन सक्ने आरती अरु एक प्याक थपौं । राधिकाले फेरि पालैपालो सबैका गीलास भरी सलाद देखि भुटन सम्म पुर्याउने तमाम कार्यकर्ता छन् । ओसार्नेले ओसारेकै छ ।
रित्याउनेले रित्याएकै छ । आज महिनौं देखिको दौडधुपले विश्राम लिएकोदिन खाओ है केटी हो मज्जाले खाओ । समुहकी नायिका रुपाले सबैको संकोच हलुका बनाई कसैले देखे भने के भन्लान ? म त बर्बाद हुन्छु ।
केटी हो, आरती फेरि गम्भीबन्न खोजी । कसैले देख्लान् फोटो खिच्लान् । अखबारमा छाप्लान् भन्ने चिन्तामा । ओहो,,,,,,आरती तिमी भोलीको चिन्तामा आज किन घुमाइराछौ ? तुलसीले ढाडस दिई । हामी के मा कम छौं ? रुप योग्यता, धन हाम्रो हैसियत यी तीन हजार लोग्नेमान्छेको भन्दा कम छ र ?
उनिहरु हरेक दिन नशामा हुन्छन्, हामी अबसर कुर्छौ । लोकाचारी संग बाल मतलव छैन । हामी आमा पनि हौ जस्ले आफू जस्तै मान्छे जन्माउछौं रुपाले नारी महिमा व्याख्या गरिरहँदा लाग्थ्यो मनको बोझ बिसाई । हामी वकिल, पत्रकार डाक्टर, शिक्षक, ब्यबसायी जे भएपनी आइमाई हौं भन्ने हिनता चै सधैं उस्तै ।
हामीले आफ्ना लागी कहिले बाच्ने ? डाक्टर उषाले प्याच्च भनिहाली । यदि हामी हिम्मत वाला हौं भने मुक्यमन्त्रीकै टेबुलमा संगै बसेर खान सक्नु पर्थ्यो । तीनहजार लोग्नेमान्छेले खाएका ठाउँमा हामी हुन्थ्यौं । कुनामा लुकेर खानु पर्ने थिएन बुझ्नु भो ?
रुपा म्याडम, माफ गर्नुहोला तपाईंको पनि हुत्ती रैनछ बुझ्नु भो ? उषा झन उत्तेजित हुँदै गई । म त खुलेआम खान सक्छु तिमीहरुकै लागी यहाँ आएको हो । अझ ठुला कुरा तिमीहरु नै गर्छौ ? रुपा बम्किइन् । सातजनाका आ आफ्नै तर्क । हैन हामी रमाइलो गर्न आएका हौ कि झगडा गर्न म अलि गम्भीर छु है ।
आइमाईहरु खानेबेलामा पनि झगडा गर्छन् भनेर फेरि हामीलाई उडाउन शुरु हुन्छ । रमाइलो गर केटी हो रमाइलो गर । तुलसीले न शासंग आत्मसमर्पण गरि कार्यक्रम समापन पछिको उत्सव जस्ले जे गरेपनी छुट छ । पुरुषहरु पिउँदा पिउँदै ढलेकाछ्न् । कसैको बाल मतलव छैन । महिलाहरु सात जनामिलेर दुई बोतल बाइन पिउँदा पनि दुनियाकै चिन्ता । धन्न होस् रुपा फेरि चर्किन थाली ।
एकाएक फेरि हाँसो गुन्जियो । एकाएक रहरहरु सबलाउन थाले । एकएक कुन्ठा र पिरहरु छताछुल्ल हुन थाले । आरती बर्बराउन थाली । मलाई लोग्नेले हरेक दिन रक्सी खाएर कुट्छ । तँ जस्तो मान्छेलाई,,,,,,,,ओइ तैंले त हिजोसम्म मेरो लोग्ने त गौ प्राणी छ भन्थिस किन ? रुपाले आस्चर्य ब्यक्त गरि ।
हो पढेलेखेको छ । जागिरे छ । सम्पन्न छ । तर के गर्नु ? मानवको भेषमा दानव पो छ त । पहिला पहिला निकम्मा भनेर कुट्थ्यो । पछि उसले नचाहँदा नचाहँदै म आम मान्छेबाट आफ्नै मेहनत परिश्रमले सम्मानित हैसियतमा पुगें । समाजमा मेरो आफ्नै हैसियत र नाम भयो सम्मान भयो ।
उ सबथोक भएर पनि गुमनाम छ । सबैले उसलाई मेरो नामले चिन्छन् । बोलाउछन् । खेप्न सक्दैन । अनि सबैको रि स म माथी पोख्छ । त्यस्तो खा तेलाई कुरेर किन बसेको छोडिदेउ ? रुपाले सजिलो जुक्ती देखाइ । छोराछोरी छनछोड्न सक्दिन ।
समाज र सन्तानका सामु देउता जस्तो ब्यक्तित्व देखाउँछ । मसङ रा क्ष स बन्छ । बडो संघर्ष छ । न्यायिक समितिको सदस्य छु । तर आफुलाई कसैगरे न्याय दिन सकेकी छैन । आरती बोल्दा बोल्दै रुन थाली । रमाइलो गर्न बसेको टोली आँशुमा मुसियो ।
रुपा जुरुक्क उठी र बुलन्द आवाजमा घोषणा गरि । हेर केटी हो म जस्तो आफुलाई बोल्ड लेडी बनाओ जीवनमा धेरै ढर्रा पनि ठिक हुन्न । जस्ले आफुलाई वास्ता गर्छ उसलाई प्रेम गर । मैले जस्तै मेरो लोग्नेपनी त्यस्तै थियो तर मैले जब देखि आफुलाई प्रेम गर्न थालें ।
तब सबथोक सामान्य हुन थाल्यो । सजिलो छ, जिन्दगीमा मोज गर जस्ले तिमीलाई वास्ता गर्दैन । उसलाई तिमीपनी भुलिदेउ ।अनि मात्रै जिन्दगीको वास्तविक मजा हुन्छ । आधाजुनी परिवार आधाजुनी समाज आफ्नो जिन्दगी कहिले बाच्ने आउ जाउ आज हामी दुनिया बिर्शिएर मोज गरौं । अनि हेरौला यो दुनियाले के भन्छ ?
एक एक गर्दै महिलाहरु महफिलको भिडमा मिसिए । मन्त्री देखि बिधायक मेयर देखि वडा अध्यक्ष उद्योगपती देखि व्यापारी समाजसेवी पत्रकार खेलाडी वकिल लेखक प्राध्यापक डाक्टरहरुको भिडमा सातजना समान हैसियतका महिलाहरु बिलाए जोर जोरले
गुन्जिरहेका हिन्दी नेपाली गीतहरुको धुनमा महिलाको आवाज कता बिलायो कता । बिहान अखबारको मुख्य पृष्ठमा ठुला ठुला अक्षरमा लेखिएको थियो महिलाको अस्तिस्व मेटाउँदै शहरका महिला ।
लघुकथा
अस्तित्व
ऋचा लुइँटेल






