काठमाण्डौ । कांग्रेस सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको चुनावमा पराजित भए पनि शेखर कोइरालाले मत भने बढी भएको छ । उनले पहिलो चरणमा भन्दा दोस्रो चरणमा एक सय ५३ मत बढी पाएका हुन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरे भयो भने कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरे । जम्मा खसेको ४ हजार ६ सय २३ मत मध्ये ३५ मत बदर भएको थियो ।
पहिलो चरणमा सोमबार भएको चुनावमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए । पहिलो चरणमा शेखर कोइरालाले १ हजार ७ सय २ मत पाएका थिए । पहिलो चरणमा ४ हजार ७ सय ५३ प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।
दोस्रो चरणमा पहिलो चरणमा भन्दा ५६ मत कम खसेको थियो । पहिलो र दोस्रो चरणको मत तुलना गर्दा कम मत खस्दा पनि परिणाम हासिल नगरे पनि कोइरालाको मत बढेको छ । पहिलो चरणमा भन्दा १ सय ५३ मत कोइरालाको बढेको छ ।
पहिलो चरणमा प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधी र गुरुङले देउवालाई समर्थन गर्दा देउवाको सहज जित भएको हो ।






