काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा अहिलेसम्म १५ सय मत गणना भएको छ । १५ सय मत गणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ७ सय २१ र डा। शेखर कोइरालाले ५ सय ६२ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रकाशमान सिंहले ११६ मत प्राप्त गर्दा विमलेन्द्र निधिले ८१ र कल्याण गुरुङले ४ मत मात्र प्राप्त गरेका छन् । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ हजार ३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित समाचार, योपनि पढौं
सभापतिको मतगणना राष्ट्रियसभा गृहमा, अन्यको पार्टी कार्यालय सानेपामा
काठमाण्डौ । नेपाली कांग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा भईरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार सभापतिका उम्मेदवारहरुको मत १२ वटा ड्रममा खसालिएको छ ।
सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुने उनले बताए । अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको हो । मतदान सकिएको करिब डेढ घण्टापछि राष्ट्रियसभा गृहको तीन ठाउँमा मतगणना सुरु भएको छ ।
केन्द्रीय सभापतिका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् ।






