काठमाण्डौ । संघीय संसदको बैठकअघि सांसदहरूको एन्टिजेन परीक्षण शुरू गरिएको छ । मंगलबार शुरू हुने बैठकअघि आज सांसदहरूको स्वाब संकलन गरी एन्टिजेन परीक्षण थालिएको हो । नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा जारी परीक्षणमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि स्वाब लिइएको छ ।
योपनि पढौं
केन्द्रीय सदस्यमा भोट माग्दै कोइरालाले भने,‘म कुनै गुटमा छैन’
काठमाण्डौ । केन्द्रीय सदस्यको उम्मेदवारमा सीमित भएका कांग्रेस नेता डा. शशांक कोइरालाले आफू कुनै गुटमा नरहेको प्रष्ट्याएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा प्रतिनिधिहरूसँग मत माग्दै कोइरालालेआफू कुनै गुटमा नरहेको बताएका हुन् ।
शशांकलाई देउवा र शेखर प्यानलले आफ्नो पक्षमा रहेको भन्दै केन्द्रीय सदस्य उम्मेदवारको सूचीमा राखेका छन् । दुवै समूहले शशांकको समर्थन आफूलाई रहेको दाबी गर्दै आएका बेला उनले मतदानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै कुनै गुटमा नरहेको जनाएका हुन् ।






