काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आइतवार गोपनियताको सपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सपथ समारोहमा उनीसहित पदाधिकारीहरुले ईश्वरको नाममा सपथ लिएका छन् ।
काठमाण्डौमा भएको एकता महाधिवेशनमा उनले प्रतिद्वन्द्वी कमल थापालाई पराजित गरेका थिए । आइतबार बिहान सम्पन्न मतपरिणाममा लिङ्देनले थापालाई २ सय मतले पराजित गरेका थिए । अध्यक्षमा पराजित भएपछि आकांक्षी थापाले पूर्व राजा ज्ञानेन्द्र शाहसँग आ क्रो श पोखेका थिए ।
उनले ज्ञानेन्द्र शाहकै कारणले आफू पराजित भएको समेत सामाजिक सञ्जालहरुमा आ क्रो श पोखेका थिए । निर्वाचनको परिणाम घोषणा पछि कमल थापाले आफ्ना निकटहरुसंग भेट गरेका थिए । याक एन्ड यति होटेलमा समिक्षा कार्याक्रम राखेका थिए ।
थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका छन् । राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहवाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा सो निष्कर्ष निकालिएको हो ।
अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए ।
‘पूर्वराजाले सचिवालय प्रयोग गरेर कमल थापालाई हराउन उर्दी जारी गरेको तथ्य साटासाट भयो, स्वयं राजाले पनि बोलाएर थापालाई हराउन निर्देशन दिएको तथ्य त्यहाँ खोलियो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘सबैको निष्कर्ष थियो, संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने र अजेन्डा नबोक्ने निष्कर्ष निकालिएको छ ।






