काठमाण्डौ । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाण्डौबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ ।
सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । आजैदेखि यो भाडादर लागू गरिएको छ । काठमाडौँबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क रु १७० बढेको छ ।
योपनि पढौं
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा आज आइतवारदेखि विद्युतीय चुलो (इन्डक्शन) जडानको काम सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा आजदेखि फेदीखोला गाउँपालिकामा इन्डक्शन चुलो जडानको काम थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
चुल्हो जडान गर्न इच्छुकहरूले गाउँपालिका र सम्बन्धित वडामा दिएको आवेदनका आधारमा गाउँपालिकाले चुल्हो जडानका लागि घर–घरमा प्राविधिक पठाएको हो । ८० प्रतिशत छुटमा आवेदकले एक हजार ३० रुपैयाँमा चुलो जडान गर्न लागेका हुन् ।






