कास्की । अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डौ सडत्राक यालाई दुई घण्टामा छोट्याउने योजना भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पोखरा–काठमाण्डौ सडत्राक यालाई दुई घण्टामा छोट्याउने योजना भएको बताएका हुन् ।
‘पोखरा–काठमाण्डौलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, उनले भने, ‘पोखरा–काठमाण्डौ सडक मार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ ।’
कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्ने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याज दर घटाउनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए ।






