एजेन्सी । जापानमा श क्ति शा ली भू’क’म्प आएको छ । जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भू’क’म्प आएको जानकारी दिएको छ । भू’क’म्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ ।
स्थानीय समयअनुसार बिहीबार बेलुका १०.४१ बजे भू’क’म्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भू’क’म्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्र सि त समेत भएका थिए ।
भू’क’म्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भू’क’म्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन । भू’क’म्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।






