काठमाण्डौ । “बा घबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँ पि रहेको छ, बाँचेर फर्किएको अहिले पनि विश्वास नै लागिरहेको छैन”, बाँकेको गाभरमा बा घको घे राबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बा घको मुखबाट बाँचेर घर फर्केकी खड्काले भोलिपल्ट बा घको डरले घरबाट बाहिर निस्कन नसकेको बताईन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्तीनजिकैको ज ङ्ग लमा भैँसी, बाख्रा चराउन गएको बेला चारवटा पा टे बा घको घे’रामा परेका थिए । “चारवटा पा टे बा घले घे’रेपछि ज्या न जोगाउन ह ता र–ह ता र रूखमा चढ्यौँ, डेढ घण्टासम्म रूखबाटै हा र गु हा र गरेपछि बल्ल निकुञ्जका हा त्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौँ ।” खड्कासँगै बा घको घे’रामा परेकी अर्कि गोठाल्नी सेतु ओलीले भनिन् ।

उनले उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको अनुभव व्यक्त गरीन् । बा घबाट जोगिन तीनवटा रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका हा त्तीको सहायताले नेपाली सेनाले उद्धार गरेको थियो । ज्या न जोगाउन रुखमा चढ्दा बा घले आफूूहरूलाई झ म्टि न नसकेपछि बाख्रा र भैँसीलाई ल खे ट्दै ति त र बि त र पारेको थियो ।
बा घले रुखवरिपरि घे रा हालेर दा ह्रा र न ङ्ग्रा ठीक पारेको अवस्था निकै पी डा दा यी रहेको हीरा खड्काले बताइन् । खड्काले त्यो क्षण सझिंदै भनिन्,“भैँसी र बाख्रा चरिरहेका थिए, हामीहरू बसेर गफ गरिरहेका थियौँ, एक्कासि भैँसी र बाख्रा दौडिन थाले । हेर्दा त चारवटा पा टे बा’घ नजिकै आइसकेका थिए, ज्यान जोगाउन ह ता र–ह ता र रूखमा चढ्यौँ, रुखमा बसेर क रा उन, चि च्या उन थाल्यौँ, बा घ हामीलाई घे’रा हालेर भुइँमा बसे । अनि हाम्रो त सा’तो’पु’ल्तो गइहाल्यो नि ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।






