एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा छन् । शुक्रवार मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच ह्वाइट हाउसमा भेट भयो । सो भेटमा भएको एउटा घटना अहिले अन्तराष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ ।
दुई देशबीच द्विपक्षीय वार्ता सुरु हुनुभन्दा पहिले भएको एक रोचक घटनाको चर्चाले अन्तराष्ट्रिय स्तरमा चर्चा पाएको हो । जब दुई शीर्ष नेताहरु भेटे, राष्ट्रपति बाइडेनले प्रफुल्ल एक हल्का अन्दाजका साथ आफु माथि भएको एक घटनाका बारेमा जानकारी दिए ।
उनले भने मेरो भारतसंग एउटा निकै गहिरो नाता हुनसन्छ । यसको कारण थियो । किनभने, बाइडेनले भने कि जब उनी पहिलो पटक अमेरिकी सीनेटका लागि चुनिएका थिए, तब उनले भारतको मुम्बईबाट एक पत्र प्राप्त गरेका थिए ।
त्यस पत्रमा प्रेषकको उपनाम ९थर० पनि बाइडेन नै थियो । तर उनी को थिए वा आफ्नै कुनै परिचित थिए भन्ने बारे जानकारी पाएका थिएनन् । जब बाइडेन अमेरिकाको उपराष्ट्रपति बने, उनी भारतको भ्रमणमा गएको बेलामा उनले यस्तो पत्र वारे भारतमा पनि चर्चा गरेका थिए ।
भारतीय मिडियाले भारतमा पनि बाइडेनहरु भएको बताएको थियो । अहिले सोही कुरा फेरी ह्वाइ हाउसमा उठेको हो । राष्ट्रपति बाइडेनले मोदीसँग भने, ‘जे होस्, हामीले यसलाई कहिल्यै स्वीकारेनौं । मैले थाहा पाएको छु कि त्यहाँ एकपटक क्याप्टेन जर्ज बाइडेन थिए, जो भारतमा ईस्ट इंडिया टी कम्पनीमा थिए ।’
बाइडेन ईस्ट इन्डिया कम्पनीको हवाला दिँदै थिए, जुन कम्पनीले औपनिवेशिक भारत र दक्षिणपूर्वी एशियाका धेरै भागहरुमा व्यापारमाथि नियन्त्रण कायम गरेको थियो । बाइडेनले प्रायः आफ्नो आयरिश वंशावलीको बारेमा बोल्ने गरेका छन् ।
यसैक्रममा उनले भने, ‘एक आयरिश मानिसको लागि ब्रिटिश स म्ब न्ध स्वीकार गर्न धेरै गाह्रो छ ।’ बाइडेनले भारतीय जनताको अगाडि यो स म्ब न्धको बारेमा यसअघि पनि बताइसकेका छन् ।
तर उनले यसपटक फेरि भने कि क्याप्टेन बाइडेन भारतमा थिए र एक भारतीय महिलासँग बिहे गरेर बसे सायद । यद्यपि राष्ट्रपति बाइडेनले क्याप्टेन बाइडेनका बारेमा थप विवरण दिन सकेनन् ।
उनले मजाकमा नै मोदीसँग भने९ वाशिंगटनमा मोदीले मलाई यसको बारेमा थप बुझ्न मद्दत गर्नेछन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भने कि उनले यसबारे केही कागजातहरु ल्याएका छन्, जसले मुम्बईसंग राष्ट्रपति बाइडेनको सम्बन्धलाई थप प्रकाश पार्नेछ ।
बाइडेनले मजाक गर्दै प्रम मोदीलाई सोधे, ‘के हामी आफन्त हौं ?’ प्रधानमन्त्री मोदीले पुष्टि गरे कि ४६ औं अमेरिकी राष्ट्रपति ९बाइडेन० को भारतीय उपमहाद्वीपसँग पारिवारिक सम्बन्ध छ ।
मोदीले बाडेनलाई भने, ‘हामी यस सवाललाई अगाडि बढाउनेछौं । हुनसक्छ, यी कागजातहरु तपाइका लागि उपयोगी नै हुनेछन् ।’ यसका अतिरिक्त राष्ट्रपति बाइडेनले भने, ‘हाम्रो साझेदारी हामी जे गर्छौं त्यो भन्दा ठूलो छ। यो हामी को हौं भन्नेबारेमा छ ।
हाम्रो लोकतान्त्रिक मूल्य, हाम्रो विविधता र पारिवारिक सम्बन्ध, जसमा ४० लाख भारतीय—अमेरिकीहरु सामेल छन्, तिनीहरुले अमेरिकालाई थप बलियो बनाउनेछन् ।’






