एजेन्सी । मेरो नाम हुमैरा रजाई हो । म मूलरुपमा अफगानिस्तानको गजनी प्रान्तको जोगरीकी हुँ । म सन् २००६ मा १३ वर्षको उमेरमा बेलायत आएकी थिएँ । म अब एक ‘मेडिकल साइन्टिस्ट’ हुँ र एउटा ठूलो फार्मा कम्पनीमा काम गर्छु । यसबाहेक म एक मानवाधिकार कार्यकर्ता पनि हुँ र अफगानिस्तानको स्थितिमाथि नजर राखिरहेकी छु ।
अब पुनः तालिबानको शा स न फर्किएको अवस्थामा सबैभन्दा बढी ख त रामा हजारा समुदायका मानिसहरु नै छन् । जसको अफगानिस्तानमा ऐतिहासिक रुपमा शो ष ण हुँदै आइरहेको छ । अफगानिस्तानमा बिताएको बाल्यकाल मलाई अहिले पनि याद छ । म निकै साथी थिएँ तर त्यो उमेरमा पनि मलाई थाहा थियो कि म हजारा शिया समुदायकी हुँ ।
जतिबेला पनि तालिबानसँग ड र लाग्थ्यो । हामीलाई पश्तूनहरुसँग ड र लाग्थ्यो । पश्तून र तालिबान देखेर हामीले ड रले काँ प्ने गर्दथ्यौं । म सानै भएपनि हजारा मानिसहरुमाथि भे द भा व हुन्छ भन्ने मेरो दिमागमा राम्रोसँग बसेको थियो । किनभने हामीले यस्तै देख्दै र सुन्दै आएका थियौं । मेरो बाल्यकाल तालिबानको शा स नमा बितेको थियो ।
त्यसैले म स्कूल जान पाइनन् । किनभने तालिबानले छात्राका लागि सबै स्कूल बन्द गरेका थिए । १० वर्षसम्म मेरो कुनै औपचारिक शिक्षा भएन । म तालिबानको शा स नमा जन्मिएकी थिएँ । मजस्तै त्यति बेला थुप्रै महिला पनि स्कूल जान सकेका थिएनन् । त्यो सन् १९९८ को समय थियो । मलाई धुमिल स्मरण छ । तालिबानले सबै हाइवे बन्द गरेका थिए ।
हामी हजारा समुदायको गाउँसम्म खानपिनका केही पनि सामान पुग्न सकेको थिएन । त्यस वर्ष धेरै मानिसहरु भोकमरीले मरेका थिए । हामी खाना र पानीका लागि त ड्पि रहेका थियौं । मेरा पिता सन् २००० को दशकमा एक शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनी त्यहाँ नै बसेका थिए । छ वर्षपछि उनले आफ्नो परिवारलाई बेलायत बोलाएका थिए ।
म, मेरी बहिनी र मेरी आमा नयाँ जीवन सुरु गर्नका लागि कानूनी रुपमा बेलायत पुगेका थियौं । हाम्रो यात्रा ती हजारौं मानिसहरुभन्दा निकै सहज थियो जसले असाध्यै मुश्किल स्थितिमा यात्रा गरेर अ वै ध तरिकाले पश्चिमी देश प्रवेश गर्छन् । म भाग्यमानी थिएँ कि मैले कानूनी तरिकाले भिसा पाएँ र बेलायत पुगेँ । यहाँ मैले निकै राम्रो जीवन पाएँ ।
म र मेरो परिवार त अफगानिस्तानबाट निस्केका थियौं तर निकै ठूलो जनसंख्या त्यहाँ तालिबानको अ प रा ध झेल्न बाध्य थिए । परोक्ष रुपमा पूरा अफगानिस्तान तालिबानद्वारा प्रभावित छ । तालिबान हिं सा मार्फत् जनसंख्यालाई नि यन्त्र ण गर्छ । तालिबानको शा स नमा पुरुष थप हिं स्र क हुन्छन् । महिलावि रु द्ध घरेलु हिं सा पनि बढ्छ ।
महिलाले स्वास्थ्य सेवा पनि सहजै पाउँदैनन् र उपचार नपाउँदा धेरै महिलाको ज्यान जान्छ । अफगानिस्तानमा तालिबान शा स नका बेला बाल मृ त्यु दर असाध्यै धेरै थियो । मेरो मनमा तालिबानको डर यसरी गढेको थियो कि म महिला र बालबालिकाका लागि केही गर्न चाहन्थेँ । त्यसैले म स्वास्थ्य क्षेत्रमा आएँ र एक वैज्ञानिक बनेँ । अब म जति पनि काम गर्छु त्यसको प्रत्यक्ष असर महिला र बालबालिकाको जीवनमा पर्छ ।
मैले आफ्नो पूरा शिक्षा बेलायतमा हासिल गरेकी हुँ । म १३ वर्षको उमेरमा यहाँ आउँदा मलाई अंग्रेजीको एउटा शब्द पनि आउँदैनथ्यो । मेरा लागि सुरुवाती शिक्षा मुश्लिक थियो । बाल्यकालमा आफ्नो पढाई पूरा नगरेका कारण मलाई सुरुमा असाध्यै गाह्रो भयो तर मैले छिट्टै सिकेँ । अब मसँग युनिभर्सिटीका तीन डिग्री छन् ।
मसँग मेडिकल रिसर्चमा पिएचडी पनि छ । मैले एउटा औषधीमा काम गरेकी छु जसले महिलालाई प्रियोक्लेमसिया नामको एक रोगबाट जोगाउँछ । शिक्षाले मेरो पूरा जीवन फेरिदिएको छ । यसलाई मलाई त्यो क्षेत्रमा काम दिएको छ जसका लागि मभित्र उत्कट चाहना थियो । म महिला र बालबालिकाको ज्यान बचाउन चाहन्थेँ र अहिले म त्यहि काम गरिरहेकी छु ।
मैले यो काम यसकारण मात्रै गर्न सकेँ किनभने मैले शिक्षा हासिल गर्न सकेँ तर अफगानिस्तानमा मजस्ता लाखौं बालिकाहरु छन् जो शिक्षाको अधिकारबाट बञ्चित छन् । उनीहरुले समाजमा आफ्नो भूमिका निभाउन सकिरहेका छ्रैनन् । म बेलायतमा छु तर मलाई त्यो समय याद गर्दा आज पनि डर लाग्छ । अब हजारा समुदायको के होला भन्ने मात्रै चिन्ता लाग्छ ।
मैले अफगानिस्तानमा जति जनासँग कुरा गरेँ, उनीहरु र उनको परिवारको जीवन तालिबानको शा स नले कुनै न कुनै रुपमा प्रभावित भएको छ । धेरैजसो हजारा मानिसहरुले आफूले आफैंलाई एक तरिकाले न ज र बन्द गरेका छन् । म एक मानवाधिकार कार्यकर्ता पनि हुँ र म अफगानिस्तानमा विशेषगरी काबुलमा मानवाधिकार कार्यकर्ता र महिला अधिकार कार्यकर्ताको सम्पर्कमा रहेकी छु ।
तालिबानको निशानमा यहि मानिसहरु छन् । विशेषगरी महिला अधिकार कार्यकर्ता । तालिबान यी मानिसहरुलाई दमन गर्न चाहन्छ । जब यी मानिसहरुले मद्दतका लागि गुहार गर्छन् तब म विचलित हुन्छु । मैले सबैको मद्दत गर्न पनि सकिरहेकी छैन । म हजारा समूदायकी हुँ र यो समूह सधैं नै तालिबानको निशानामा रहँदै आएको छ । यतिमात्रै होइन, अफगानिस्तानको सरकारले पनि यो समूहलाई हँसियामा नै राखेको छ ।
तालिबानको त्यो शा स नमा मेरा केही साथीहरु पनि मा रि ए का थिए । मेरा आफन्त र परिचितका परिवार नराम्रोसँग प्रभावित भएका थिए । मेरो आफ्नै परिवार पनि तालिबानको हिं साको शि का र भएको छ । यसबाहेक ऊर्जा र सपनाले भरिएका थुप्रै हजारा जवान पनि तालिबानी हिं साको शि का र भएका छन् । उनीहरु अफगानिस्तानका लागि धेरै कुरा गर्न चाहन्थे तर उनीहरुको ह त्या भयो ।
तालिबानले अफगानिस्तानलाई कब्जा लिनुअघि काबुलमा जुन ठूला ह म ला गरे त्यसमा विशेषगरी हजारा विद्यार्थीलाई निशाना बनाइयो । उनीहरु हजारा समुदायका मानिसहरु नपढोस् भन्ने चाहन्छन् । पछिल्लो २० वर्षम अफगानिस्तानमा धेरै कुरा फेरिएको छ । अफगानिस्तानमा धेरैजसो जनसंख्या २५ वर्षभन्दा कम उमेरको छ । यो जनसंख्याले तालिबानको हिं सा र प्र ति ब न्ध देखेको छैन ।
अफगानिस्तानमा विभिन्न समस्या हुँदाहुँदै पनि यो जनसंख्याले स्वतन्त्रता देख्यो, बराबरी देखेको छ, खुल्ला हावामा सास फेरेका छन् तर अब अफगानिस्तानमा तालिबानको क ब्जा पछि उनीहरुको सपना टुटेका छन् । यो युवा जनसंख्याका लागि तालिबानको प्र ति ब न्धमा बस्न मुश्किल हुनेछ । सबैभन्दा ठूलो खतरा अफगानिस्तानमा मानवाधिकार कार्यकर्ताहरु र पत्रकारलाई छ ।
हामीलाई आ शं का छ कि पूरा ब्ल्याकआउट हुनेछ र अफगानिस्तानबाट जानकारी पाउन मुश्किल हुनेछ । अफगानिस्तानमा एउटा ठूलो जनसंख्या यस्तो छ जसका लागि तालिबान र उसको शासनको तरिकालाई स्वीकार गर्न सहज हुनेछैन । अफगानिस्तानमाथि क ब्जा जमाएपछि तालिबानले ठूल्ठूला कुरा गरिरहेको छ । उनीहरुको प्रोपागान्डा शानदार छ ।
उनीहरु राम्रो पब्लिक रिलेशन पनि गरिरहेका छन् तर म वा मजस्ता मानिसहरुका लागि, जसले तालिबानको समय देखे र उनीहरुको हिं सा देृखे, उनीहरुका लागि तालिबानमाथि विश्वास गर्न सहज छैन । हामीले देखेका छौं कि उनीहरु कति हिं स्र क र बर्बर छन् ।
उनीहरु मूलतः एक आ तं क वा दी समूह हुन् । उनीहरुको पूरा व्यवस्था भ्र ष्टा चा र र हिं सामा आधारित छ । उनीहरु दुनियाँका सबैभन्दा ठूलो आ तं क बा दी नेटवर्क हुन् । उनीहरुले अफगानिस्तानको सत्ता श क्ति र हिं साको द म मा हासिल गरेका हुन् । जसले जे सुकै भनोस् मेरा लागि उनीहरुमाथि विश्वास गर्न सजिलो छैन ।’






