एजेन्सी । अगस्ट १४ तारिख । चिनियाँको प्रेम दिवस । तर, चिनियाँ प्रेम दिवसको तिथिमिति थापा पाउन चिनियाँ लुनार पात्रो हेर्नुपर्ने हुन्छ । चिनियाँहरू घरेलु प्रेम दिवस पनि मनाउँछन् र बाह्य जगतको प्रेम दिवसमा पनि रमाउँछन् ।
यसपटक भने अगस्ट १४ तारिख चिनियाँ प्रेम दिवस परेको छ । प्रेम दिवसकै सन्दर्भमा विश्वका एकजना शक्तिशाली नेता तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रेम कहानी कस्तो छ, हामीले सोधखोज गरेका छौं ।
मान्छेहरूलाई लाग्दो हो, चीनका राष्ट्रिय दम्पती राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ ली युआनको प्रेम कहानी उतारचढावयुक्त होला । तर, यिनीहरूको प्रेमकथा बाहिर सोचिएको जस्तो छैन ।
चिनियाँ राजनीतिमा यिनीहरू सक्रिय पात्र हुन् भने मायाप्रेमको दुनियाँ र देशसेवाको भूमिका यिनीहरूले कसरी निर्वाह गरिरहेका होलान् भन्ने पाटो भने सबैका लागि चासोको विषय हो । चीनका राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ ली युआनको प्रेमकथा यसरी सुरू हुन्छ ।
राजनीतिक पृष्ठभूमिबाट आएका सी चिनफिङलाई डुबिरहने फुर्सद हुन्थेन । उनले निकै कठोर परीक्षाहरू पार गरेर राजनीतिमा प्रवेश पाएका हुन् । जब कि संसारका धेरैजसो देशमा बाउआमा जुन क्षेत्रमा थिए, सन्तानले पनि सजिलै प्रवेश पाउँछन् ।
तर, उपप्रधानमन्त्री सी चोङस्विनका छोरा भएर पनि सी चिनफिङले आफ्नै बलबुँताले राजनीतिमा पाइला चालेका हुन् । राजनीतिक संघर्षका कारण विश्वका विभिन्न देशका नेताहरूले बिहे गर्ने फुर्सद नपाएको भन्ने कुराहरू सुनिन्छ ।
तर, सी चिनफिङले अन्ततः सन् १९८७ को सेप्टेम्बरमा विवाह गरिछाडे । व्यस्तता, अभाव वा सामाजिक अनुशासनका कारण भव्य वैवाहिक समारोह गर्न नपाए पनि सामान्य सहकर्मी र साथीलाई भोज खुवाएर उनीहरूको विवाह गरिएको थियो । भिडियो हेर्नहोस्






