एजेन्सी । अफगानिस्तान मामिलामा असफल भएको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । अमेरिकी सेनाको बहिर्गमन योजनामा सुझबुझ नपनाउँदा अफगानिस्तान अस्तव्यस्त भएको बताउँदै ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ ।’
आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन कूशलतापूर्वक गर्ने उनले दाबी गरेका छन् । बाइडेन प्रशासनले ‘अमेरिका–ता’लिबा’न सम्झौता’ ट्रम्पकै पालामा भएको जवाफ दिएको छ । तर सामरिक मामिलाका विज्ञहरुले ‘नीति ट्रम्पको भए पनि अफगानिस्तानको अराजकता’को जिम्मेवारी बाइडेनले लिनुपर्ने बताएका छन् ।
आफगानिस्तानमा ता’लिबा’नले सत्ता क’ ‘ब्जा गरेपछि बाइडेनको आलोचना भइरहेको छ । २० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको ता’लिबा’न फेरि लगभग सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ ।
अफगानिस्तानबाट अमेरिकी र नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएको ४५ दिनमै तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिएको हो । अफगानिस्तानमा आफ्नो दूतावासका कर्मचारी र नागरिकको उद्धार गर्न नसक्दै ता’लिबा’नले राजधानी काबुल क’ ‘ब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू चकित परेका छन् ।
समाचार संस्था एपीका अनुसार २० वर्षसम्म अमेरिकाले यु ‘द्ध ल’डेको अफगानिस्तानमा ता’लिबा’नले यति चाँडै काबुलमा सत्ता ढा’ल्ला भन्ने राष्ट्रपति बाइडेन र उनको टिमका कसैले सोचेका थिएनन् । ‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो ।’
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन् । अहिले पनि काबुलमा आफ्नै नागरिक र अरूलाई उद्धार गर्न अमेरिकाले ६ हजार सैनिक तैनाथ गरेको छ । बाइडेनले यसअघि नै अगस्ट अन्त्यसम्ममा मात्रै अमेरिकी सैनिक काबुलबाट फर्किने योजना सार्वजनिक गरेका थिए ।






