एजेन्सी । ता’लिवा’न अफगानिस्तानमाथि विजय नजिक पुगेको छ । राजधानी काबुलमा प्रवेश गरेर ता’लिवा’नले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका छन् । रोयटर्सका अनुसार उनीहरुले कार्यालय भवनभित्र पसेर झण्डा समेत गा’डेका छन् ।
हिजै राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भा’गेका छन् । सीएनएनका अनुसार ता’लिवा’न काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् । काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ । यसले २० वर्षपछि अफगानिस्तानमा ता’लिवा’नको शासन लगभग निश्चित गरेको छ ।
तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा यु’द्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’ उनले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।
राष्ट्रपति कार्यालयमा पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ । अब उनीहरु सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन । आइतबार तीन महत्त्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भा’गे ।
दोस्रो – ता’लिबा’नले राष्ट्रपति भवन (अर्ग) माथि क’ ‘ब्जा जमायो । तेस्रो – ता’लिबा’न नेता मुल्ला बरदारको बयान आयो । उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ । अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’
ता’लिवा’नका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गनी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए । तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो । राजधानी काबुललाई ता’लिबा’नले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ ।
हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो । विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ । अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ । तस्विर तल हेर्नुहोस






