एजेन्सी । यो समय भनेको कोरोनाको हो । पक्कै पनि यो कसैकोलागी सामान्य समय भने हैन । विबाह, पार्टी, ब्रत बन्ध र अरु कुनै पनि पुजाआजकोलागी त झनै हैन । तर खाने मुखलाई जुंगाले छेक्दैन भने झैं यस्तो कोरोना कहरको बीचमा पनि विबाह गर्न चाहाने हरेक जोडीलाई न कोरोनाले छेक्न सकेको छ न त एकअर्काको हुनबाट रोक्न नै । कोरोनाकै यो समय कालमा धुमधामले विबाह गर्न सफल भएकी छन् भारतीय एक कमेडियन ।
उनी हुन् ‘द कपिल शर्मा शो’ की कलाकार कमेडियन सुगन्धा शर्मा । सुगन्धाले यस्तो कोरोना कालमा पनि विबाह गरेर आफ्नो नयाँ जीवनको शुरुवात गरेकी छन् । उनी भर्खरै माध आफ्नो जीवन साथीसंग विबाह बन्धनमा बाँधिएकी छन् । उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो ।
सुगन्धाले अहिले विवाहको केही तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन् । भिडियोमा सुगन्धा र संकेत एक अर्कोलाई वरमाला लगाउँदै गरेको देख्न सकिन्छ । वरमालापछि सुगन्धाको हात संकेतले चुमेका छन् । लुक्सको कुरा गर्ने हो भने सुगन्धा क्रिम कलरको लेहङ्गामा निकै प्यारी देखिएकी छन् । लेहङ्गाको साथ उनले पिंक दोपट्टा समेत लगाएकी छन् ।
बेहुलीको भेषमा उनले रातो चुरा, मेहन्दी र भारी गहना समेत लगाएकी छन् । संकेतले भने लाइट ग्रीन कलरको शेरवानी र क्रिम कलरको पगडी लगाएका छन् । यी दुबैको भेट पहिलो पटक दुवईमा एक कमेडी शो सुटिङको दौरानमा भएको थियो । सोही समय साथी भएका उनीहरुलाई एकसाथ काम गर्ने मौका समेत मिलेको थियो ।






