काठमाडौ । कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दा ह सं स्का र गर्न क ठि ना ई भएको छ । काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम सं स्का र यसअघि पशुपतिस्थित विद्युतीय श वदाह गृ हमा हुँदै आएको थियो ।
तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय श व दा ह गृहभन्दा बाहिर पनि श व जलाउन थालिएको छ । सेनाले वाग्मती किनारमा नै श व व्यवस्थापन गर्न सुरु गरेको हो । श व व्यवस्थापनका लागि सेनाले वाग्मती किनारमा सम्याउने काम गरेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि नेपाली सेनाको टोलीले गर्दै आएको छ ।
योपनि पढौं
प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए
काठमाडौ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ६०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ३३० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना महिला र ३३० जना पुरुषमा पोजेटिभ देखिएको छ ।
थपिएका सङ्क्रमितमा मोरङमा २८२ मध्ये विराटनगरमा २२६ जना जसमा ९७ जना महिला छन् भने झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा आठ, इलाममा सात, सङ्खुवासभामा छ, खोटाङमा तीन, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा अहिलेसम्ममा सङ्क्रमितको सङ्ख्या ३३ हजार ९४१ पुगेको छ भने निको भएर घरफर्किएकाको सङ्ख्या ३० हजार ७९ छ । अझै सक्रिय सङ्क्रमित तीन हजार ३५७ छन् ।






