काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि अस्पतालले शय्या लुकाए कारवाही गर्ने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताएका हुन् ।
‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्नेलाई समेत कडा कारवाही गर्ने बताए ।
योपनि पढौं
कोरोनाविरुद्धको खोप लगाउनेमा भारतपछि नेपाल पहिलोः प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताएका छन् । आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको सोमबार देशवासीको सम्बोधनको क्रममा बताए ।
उनले हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको भन्दै दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको बताए । अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेको बताउँदै उनले यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेको जानकारी दिए ।






