काठमाडौ । ज ब र जस्ती क र णी मु द्दामा दो षी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीले प क्रा उ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका लेकबहादुर अधिकारी उ र्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले प क्रा उ गरेको हो ।
अ प रा ध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट प क्रा उ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले बताए । खनारमा रहेको प्लाईउड का र खा नामा काम गरिरहेको सु रा कको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
योपनि पढौं
झापामा २ वर्षको बच्चा चोरेर बोरामा हाल्दै गर्दा आमाबुवाले देखेपपछि………
झापा । झापामा २ वर्षको बच्चा चोरी गर्दै गरेको अवस्थामा एक जना ब्यक्ति पक्राउ परेका छन् । भद्रपुरमा बच्चा चोरी गरेर बोरामा हाल्दै गर्दा अभिभावकले देखेका हुन् । ति ब्यक्ति को हुन् भन्ने अझै खुलेको छैन । प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका९८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोरेर बोरामा हाल्न खोजेको अवस्थामा देखिएका थिए । घरछेउको बाटोनजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोजेको स्थानियले बताएका छन् ।
त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ। ‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ, बोलेको भाषा पनि बुझिँदैन, नेपाली बोल्न पनि जान्दैनन्।‘
उनी भारतीय हुन् वा नेपाली त्यो पनि खुल्न नसकेको प्रहरीको भनाइ छ। ‘पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि बढाएका छैनौँ, डिएसपी थापाले भने, ‘उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाउने छौँ।‘
यता, स्थानीयबासीका अनुसार ती व्यक्तिलाई कसैले पनि नदेखेको र ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै हदैसम्म कारबाही गर्नुपर्ने माग राखेका छन् ।






