काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आजदेखि कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएको बताएका छन् । हिजो बेलुका एक भिडियो सन्देश जारी गर्दै उनले आतङ्कित नहुन आग्रह गरेका छन् । उनले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट गरे ।
सरकार नागरिकको साथमा रहेको र बाहिर प्रचार भएजस्तो कोरोना सङ्क्रमितको उपचारबाट हातखुट्टा नझिकेको र सरकार यथासम्भव विश्वमा उपलब्ध साधन जोहो गर्न लागेको बताए । अहिलेको सङ्क्रमण आक्रमक भएकाले सङ्क्रमितको संख्या बढेको र व्यवस्थापनमा केही समस्या भएको बताए ।
योपनि पढौं
नेपालगञ्जमा अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि अभाव टार्न उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।
भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानमा रहेको तालिम केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताए । उनले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइसोलेशन सञ्चालनमा आएसँगै बेड नपाएर छटपटाइरहेका बिरामीलाई राहात पुग्ने बताउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसको रोकथाम र नियन्त्रणका लागि आफूहरु दिनरात खटिरहेको बताए ।






