काठमाडौ । पछिल्लो समय नायाँ कोराना भाइरसले पुरै विश्व नै आ क्रा न्त बनाएको बेला नेपाल पनि त्यो कुराबाट अछुत भने हुन सकेन । पहिलो चरणभन्दा या दोश्रो चरणको कोरोना भाईरस निकै नै ड र ला ग्दो भएको डाक्टरहरुको भनाई छ । पहिलो चरणमा बालबालिकाहरु कोरोनाले कुनै असर गरेन तर यो दोश्रो चरणमा भने बालबालिकालाई समेत यस्ले असर गरेको छ । त्यसैपनि सचेत रहन सकिएन र लापरवाही गरिएको खण्डमा यस्ले महामारी निम्त्याउन सक्ने सम्बन्धित निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।
यसै विषयमा चिनबाट पढेर आएका डाक्टर रमेश आचार्यले यस भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने कुराको केही टिप्सहरु दिएका छन् । उनको भनाई अनुसार यो दोश्रो पटकको कोरोना भाइसर ड र लाग्दो भएतापनि साबधानी अपनाए बच्न सकिन्छ । कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने यस्ले चिन्ता बढाएको उनी बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । कोरोनले अहिले देशभर फेरी लक्डाउनको अवस्था सिर्जना गरिसकेको छ भने नेपालका चर्चित सहरमा त अहिले सुरु पनि भैसकेको अवस्था छ यसै विषयमा डा. आचार्यको भनाई यस्तो छ । भिडियो






