काठमाण्डौ । सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ । आइतवार बसेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिए ।
आईतबारको सीसीएमसीको निर्णयसँगै सोमवारका परीक्षा पनि स्थगित हुने भएका छन् ।







