काठमाण्डौ । नेत्रविक्रम चन्द समूहले थु नामा रहेका आफ्ना नेता–कार्यकर्ता रि हा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मु द्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो ।
प्रतिबन्ध फुकुवापछि प्रहरी हि रा स तमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न का रा गा रमा ब न्दी जीवन बिताइरहेका छन् ।
प्रहरी हि रा स तमा भएका ७ जना अझै छुट्न बाँकी छन् । भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार ब न्दी रि हा र मु द्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए ।
२०७५ फागुन २८ गते प्रतिबन्ध लागेपछिको दुई वर्षमा चन्द समूहबाट ४ सर्वसाधारण र सुरक्षा का र वा हीमा चन्द समूहका ४ जनाको ज्या न गएको थियो । प्रतिबन्ध फुकुवापछि चन्द समूह मूलधारको राजनीतिमा आइसकेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।






