काठमाडौ । नेपालमा बिहीबार थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाकै अवधिमा थप ५२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमित निको भएको भएको मन्त्रालयल जानकारी दिएको छ । हाल १ हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जानकारी दिएको छ ।
योपनि पढौं
कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले बताए ।
चैत्र ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मुनिका नागरिकलाई खोप दिने योजना थियो । सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा मात्रै खोप आएकाले हाललाई अभियान स्थगित गरेको हो ।
कोभ्याक्स सुविधा मार्फतको खोप पनि लक्ष्यअनुसार नआउँदा अभियान स्थगित हो । माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा चैत ३ गतेसम्म चलेको थियो । हालसम्म १६ लाख ४४ हजार ५ सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । सरकारले खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको १० हप्तापछि देखि १२ हप्ताको बीचमा दिने योजना बनाएको छ ।






