काठमाण्डौ । उमेर ढल्किंदै जाँदा मानिसलाई अनेक थरीका रोगहरुले सताउन शुरु गर्छ । तर कम्मर दुखाईको समस्या भने मानिसको उमेरसंग जोडिनै पदैन । यो बच्चा बाहेक प्राय सबै उमेरका मानिसहरुलाई भईरहेको हुन्छ । हामीले प्राय मानिसहरुलाई भनेको सुन्छौं कि ‘कम्मरको समस्याले म साह्रै नै पि डि त भएको छु ।’ यस्तो कुरा बुढेसकालको मानिसबाट सुन्नै पर्दैन ।
हट्टा कट्टा नौ जवानले पनि आफ्नो कम्मर दुखाईको पि डा सुनाई रहेको हुन्छ । ठूला ठूला रोग बाहेक शरीरमा लाग्ने प्राय साना रोगहरुको उपचार घरमै भए जस्तै कम्मर दुखाईको पनि घरेलु उपचार सजिलै विधीबाट गर्न सकिन्छ । त्यसकालागी यी घरेलु उपायहरु अपनाउनु पर्दछ ।
—तोरीको तेलमा थोरै अफिम हालेर पकाउनुहोस् र कम्मरनेर यो तेलले मालिस गर्नुहोस् । कम्मर दुखाई पूर्ण रुपमा निको हुन्छ ।
—एक चम्चा अदुवाको धुलो र तातो दूध २०० ग्राम मिलाएर पिउनुहोस्, यसको सेवनपछि वायुरोग कम्मर दुखाई निको हुन्छ ।
—पानी र ५ ग्राम इशबगोला मिलाएर सेवन गर्नाले दुखिरहेको समयमा आराम मिल्छ ।
—सहजनका पातको रसलाई पानीमा मिलाएर तातो गरेर शरीर नुहाउनाले कम्मर दुखाई निको हुन्छ ।
—रायो, तोरी, ज्वानो अथवा तिललाई समान मात्रामा मिलाई पिसेर कम्मरमा लगाएमा दुखाई पूर्ण रुपमा निको हुन्छ ।
—२, २ अमर सुन्दरी बुटी लिनाले कम्मर दुखाई निको हुन्छ ।
—५० ग्राम अमला २०० ग्राम पानीमा भिलाई अर्को दिन बिहान निथ्रिएको पानीमा ६० ग्राम सख्खर मिलाएर खानुहोस् । २र३ हप्तासम्म यसरी खानाले वाथ, कम्मर दुख्नु जस्ता रोगहरु निको हुन्छ ।
साभारः ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट






