काठमाडौ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । गृहमन्त्री थापाले आज बिहान कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।
मन्त्री थापाले काठमाडौको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् । संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि सभामुखसहित सबै सांसद र मन्त्रीहरुलाई खोप लगाउन शुरू गरिएको थियो ।
सभामुखसहित दलका शीर्ष नेताहरुले बुधबार नै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाएका थिए । यससंगै कोरोना विरुद्धको खोप लगाउने शिलशीला जारी नै रहेको छ ।






