विमला तुम्खेवा
काठमाण्डौ । “प्रकृतीलाई प्रेम गर्नुपर्छ यो पृथ्वीमा बसोबास गर्ने सबै प्राणी जीवजन्तु बनस्पतीको साझा बासस्थान हो पृथ्वी भन्ने कुरा मान्छेले भुलीसकेको समयमा मान्छेलाइ प्रकृतिले एकपल्ट सम्झाएको अवस्था हो आजको समय । ” यसो भनीरहदा उनका कूनै आधीमाताको अनुहार जस्तो सम्मोदित आँखा । सेतै फूलेको सिल्की कपाल । निधारमा सानो गाडा रातो टिका । आखाँमा पावारवाला चस्मा । सहजै कसैलाई खिच्न सक्ने शालीन मूस्कान । कसैले पहिलो पल्ट देख्दा सद्धाले द्ददयबाटै सम्मान लायक वतिmत्व साच्चीकै शान्त देखिन्थीन् ।
नेपाली साहित्यको ईतिहासमा प्रथम महिला प्राज्ञ तोया गुरुङ्घ नेपाली आधुनिक कविताको विधामा बिसको दशकको प्रसिद्ध नाम हो ।अहिले दिलरुवा नामक लामो कविताको कृतिको तयरीमा रहेकी तोया उमेरले डाढा काटीसक्दा पनि उतिकै तन्दुरुस्त छीन् । २००४ सालमा तातोपानी कोदारीमा बुबा पुर्ण बाहादुर गुरुड्ड र आमा पदमकुमारी गुरुडको पहिलो सन्तानको रुपमा जन्मीएकी ६ छोरी १ छोरा मध्ये तोया पहिलो सन्तानको रुपमा जन्मीएकी थिइन् । उनि जन्मीएको घर नेपाली शैलीको ।
प्रकृतीसँग यति नजिक की आगन मै भोटेकोशी बग्ने । हिमाल नजिकै देखिने यी सब सुन्दर पक्षहरु उनको बाल्यकालमा संजोगले जुरायो । यसकै प्रभाव हुनसक्छ तोयाको कवितामा जताततै प्रकृती छरिएरको हुन्छ । सरल हिसाबले कवितामा आफ्नो कुरा भन्नु तोयाको बिशेषता हो । कुराकै सिलसिलामा भनिन “ तर एउटा कूरा भने पक्का हो रहेछ कविताको पाठक पनि छानिएर नै आउदा रहेछन् ।” पछिल्लो दशकमा साहित्यीक कार्यक्रम र साहित्यीक उत्सवहरुमा उति देखिन्न तर तोयाका कविताले सधै साहित्यीक र्सकलमा चर्चा पाइरयो चाहे त्यो कविता आफ्नो कीसीमको छ भनेर होस की त तोयाले लेखेको कुनै अर्थ छैन भनेर होस ।
नेपाली कविताको पाठकले उनलाई एक हिसाबले सधै सम्मान गरिरह्यो । त्यसो त राम्रा कविता अमृर्त चित्र जस्तै हुन्छ भन्ने विश्वव्यापी मान्याता छ । नबुझिने कविता लेख्नेहरुमा मोहन कोइराला पछि तोया गुरुङलाई आरोप लाग्ने गरेको छ । “ तरिका आआफ्नो हुन्छ यो बिषयमा मलाई राम्रै जानकारी पनि छ।” बुबा पुर्ण बाहादुर गुरुङ नेपाल आर्मीको मेजर बुबाकै जागीरको कारण तोयाको बचपन नेपालको विभिन्न जिल्लाहरुमा घुमेर बित्यो । एस एल सी सकिन्जेलमा बिराटनगर धनकुटा भोजपूर भारतको कलकत्तासम्मको स्कूलमा भर्ना भइन ।
जीवनको पहिलो अक्षर सिकाईको संस्मरण कूनै लोककथा भन्दा कम छैन । त्यसबेला काठमान्डौको टुडिखेलबाटै उत्तरपट्टि सेतै हिमाल देखिन्थे, उबेला काठमाण्डौमा अहिलेको जस्तो बाक्लो घर थिएन । जताजतै फराकिलो बाटो । सिहदरबार अगाडी पूरै केराउ खेती हुने गथ्र्यो । बुबा आर्मीको कप्तान भएपछी कुरै बेग्लै । त्यो जमानामा अहिलेको डिल्लीबजारको पिपलबोटदेखी पुर्व दक्षिणपटि पदमकन्या स्कुलमा सानो दरबार थियो अगाडी फलैफलको भव्य बगैचा ।
हरेक दिन उर्वशी जस्तै सुन्दर युवती त्यहि दरबारभीत्र बोलाएर त्यही बगैचामा माटोमा लठ्ठीले क ख ग र ए बि सि डी हात समाएर दिएर सिकाई दिएको त्यो स्मृति नै अक्षरसँगको पहिलो सम्बाद थियो तोयाको । कस्तो भने तोयालाई ती युवतीसग भेट भए पछि रात कहिले नपरोस जस्तो लाग्थ्यो । ति यूवतीको सौन्दर्यले उनलाई यसरी छोयो कि उनको सौन्दर्य अहिले पनि आखैमा छ । त्यही समय स्कुल भर्ना हुनु । स्कुलमा साथीले दिएको आलूबखडा खाएर पखला लागेपछि भने स्कूल जान बन्द हुनु । बुबाको सरुवासगै बिराटनगर गएपछि फेरि कहिल्यै भेट भएन यो २०९ को कुरा हो ।
यी सबै कारणहरुले उनको कलिलो बाल मष्तीष्कमा ती अन्जान महिलाप्रतिको अभिरुची रहीरह्यो लोककथा जस्तै भएर । त्यसपछि भने जीवनले अर्कै मोड लियो । सन् १९५७ मा पढ्नको निम्ति तोयालाई कलकत्ताको अमर हिन्दी हाइस्कूल पठाइयो । कलकत्तामा पढदा उनको हितैसी साथीहरु प्रेमकूमारी बिहारी बिजयलक्ष्मी पण्डीत थिए । उनीहरु गाउन नाच्नमा माहिर । स्कूलमा १ अगस्टको सन्र्दभमा आयोजीत साहित्यीक कार्यक्रममा तोयालाई हेट मास्टर कमलकुमार शर्माले कविता भन्न आग्रह गरेपछि तोयाले कण्ठै गरेर अरुकै कविता सुनाइन ।
सबैबाट प्रंसशा पाईन । कति सम्म भने पछिसम्म पनि उनले स्वाबासी पाईरहीन । तर उनको झुट धेरै दिनसम्म टिकेन कारण उनले वाचन गरेको कविता गोपाल शिंह नेपालीको भ्रान्ती भन्ने कविता थियो । पछि थाहा भयो कलमकुमार शर्माले इन्द्रबाहादुर राईलाई अंगे्रजी पढाएको रहेछ । त्यसपछि इखबाट सुरु भएको कवितासँगको उनको यात्रा अहिलेसम्म निरन्तर छ ।
बुबा आर्मीको अफिसर त्यसकारण बाल्यकालमा सुविधा र अनुशासन दुवैको एकैपटक अनुभव संगालीन । कलकत्ता बस्दा पनि कडा अनुशासनमा रहिन । प्रत्येक मान्छेको जीवनमा मिठो स्मृतिले गहिरो छाप हुन्छ त्यस्तै तोयाको स्मूतिमा पनि फेरी अर्को एकजना बंगाली महिला आइन जसले तोयालाई तारपुरे हलुवा जो बंगाली समुदायबीच अत्यन्तै चर्चीत छ पकाएर दिने गर्थीन । हरेक दिन जब उन स्कुलबाट थाकेर घर आइपुग्थीन मामाघर नजीकैको ति महिलाको स्नेह र हलुवाको स्वाद आज पनि जिब्रोमा त्यसै छ ।
तर जीवनको यति लामो समय बितिसक्दा ति महिला र साथीहरु अहिले कहाँ छन मरिसके की बाचीरहेछन रु उनलाई केही थाहा छैन । “ यो महामारीमा मैले ती साथीहरुलाई खुब सम्झीए । छुट्टिएपछि कहिले दोहोरो भेट भएन ।” बितेर गएकोक यी स्मृतिहरु कवितामा आउने रहेछ यति भनेर उनि मुसुक्क मुस्कुराइन । अर्कोपटक १९७९मा भारत जादाको संस्मरण भने अर्कै छ ।
रोयल नेपाल वायूसेनाका हाकिम पति कूमार घलेसँग दिल्ली जादा अमृता प्रितमसगको भेट यादगारमय छ । बेलुकापख इम्रोज र अमृताले उनिहरुको घरमै गरेको न्यानो संस्कार त्यो समयमा तोयाको कूनैपनि किताब प्रकाशीत थिएन । भेटमा अमृताले किताबको बारेमा सोधेको थिइन रे । उबेला अहिलेजस्तो कहा हो र किताब निस्कनु ठुलो कुरा थियो । तोयाले हास्दै भनिन उहिले स्थापित भएपछि कृति प्रकाशन हुन्थ्यो अहिले कृति प्रकाशीत भैसकेपछी स्थापीत हुन्छ । किताब निकाल्नैकै निम्ति तोयाले कहिल्यै हतार गरिनन पैसाको कुरा त बाहाना मात्र हो ।
अहिलेसम्म पुनोरावती २०२७ लामो कविता सुर्यदह २०४२ धुपी लामो कविता २०५२ देवल घुमेपछि २०५२ धुपी २०५२ तोया गूरुड्डका लामा कविताहरु २०६० कुसुम कथा सग्रह २०६८ गरी सात कृति प्रकाशीत छ । बिसको दशक तोयाको लेखनले राष्ट्रियरुपमै चर्चापरिचर्चा पायो । केही समय यता त हो लेखक पनि लेखेर बाच्न सक्ने परिवेश निर्माण हुदै गएको । तोयाले लामो समयसम्म नेपाल बैंकमा अधिकृत भएर जागीरे जीवन बिताइन । त्यहा हुदा पनि बैकबाट प्रकाशन हुने पत्रिकाको सम्पादक भइन ।
उनले कविता लेख्न सुरु गरेको समय सहज थिएन । प्रकाशनको निम्ति माध्यामहरु सिमित त्यसमा पनि महिलाको सर्घष अलिक फरकै हुन्छ । तर दिनचर्या कस्तो भने हरेक दिन बेलूका अफीस छुटेपछि न्युरोड पिपलबोटमा ईन्दीरा रेष्ट्ररेष्ट थियो त्यहि भुपि शेरचन, हरीभक्त कटुवाल, मदन रेग्मी लगायतका साहित्यकारहरुको दिनहुको भेटघाट ,हुने तोया त्यतै लाग्थीन ग्रुपमा महिला तोया मात्र हने गर्थीन उनलाइ आफु महिला भएको कहिल्यै भान भएन ती दिन नै अर्कै थिए ।
भुपीसँगको र्दूलभ सँस्मरण तोयासँग अहिले पनि कति छ कति । कवितामाथी राजनिति गर्नुहुन्न भन्ने मान्यता राख्ने तोया आफूलाई कुनै पनि बाद र सिद्धान्तमा राख्न मन पराउदीनन कवि त चरा जस्तै हो बादको लेपले कहिलेसम्म टिक्ने ? जो वादमा अड्कीन्छ त्यो कवि नै होइन भन्ने मान्यता राख्छीन । तोयाको कविता हिन्दी र अग्रेजी भाषामा अनुवाद छन उनको धुपी लामो कविता अमेरिकाको चर्चीत कवि तथा फोटो पत्रकार एन हन्किन्सले अनुवाद गरेका छन् । त्यसो त धुपीकै बोटले घेरिएको बानेश्वरको शान्त घरमा तोया यो उमेरमा पनि अधिकांश समय लेखपढ गरेर बिताउछिन ।
कल्पना नै सही तोया फ्रान्सको चर्चीत निस नदिमा उनका मन पर्ने कवि कामु , सात्रे , सिमेन द बिभ्या स्टेफन जुयकसँग कफीको मिठो चुुस्कीसगै घन्टै साहित्य र दर्शनको कुरा गरीरहने सपना देख्छीन् । उनलाई पुनरजन्मसँग बिश्वास छ “के भयो त यो जुनीमा सम्भव भएन तर अर्को जुनीमा पक्का भेट्ने इच्छा छ उनको ।” जीवनमा भईपरि आउने सबै घटनालाई स्वाभाविक भएर हेर्नुपर्छ भन्ने मान्यता तोयाको जीवन चलाउने मूलमन्त्र हो ।
गफैगफमा शहरसँग गुनासो पोखीन् कस्तो भने उमेरले डाडा काट्नै लाग्दा उनलाई यो शहरको धुवाले भने हैरान नै बनाएको तर लगडाउनले केही मात्रमै भए पनि शहर शान्त र सफा हुदा उनि खुशी तर फेरि उस्तै धुलोधुँवाले दुखी छीन् । मान्छेकै कारणले संसार यती कुरुप भएको उनको तर्क छ । तोयाको लेखनमा त्यस्तो जादुमय शैली के पनि हुदैन तर कवितामा आफनै अनुभूती भेटिन्छ अनि कहि गएर छुन्छ तपाईलाई भित्रैसम्म सपनामा देखिने अप्ठ्यरो दुश्यजस्तो कविताका प्रत्येक शब्दहरुले ।
सन २०००मा प्रथम सार्क लेखक सम्मेलनमा जब तोयाले कविता भनिन गुलजारले उनलाई आत्मीय सम्बोधन गरेका थिए । त्यस समय तोयाले तप तप कविता सुनाएकी थिइन । त्यही समय पाकिस्थानी प्रसिद्ध लेखिका फाहमीदा रियाजले उनलाई मायाले सुम्सुम्याउदै आत्मीयता र्दशाएकी थिइन त्यो साझ हैदरावाद हाउसमा सम्मानस्वारुप पार्टी दिइएको थियो । तोया भन्छीन् यो सम्मान कूनै ठूलो पुरस्कार प्राप्त गरे भन्दा कम छैन ।
तोयाले प्रज्ञा प्रतिष्ठानको कविता विभाग सम्मालेकै समयमा साहित्य अनुवादको प्रकृया सुरु गरीन । उनको बिचारमा नेपाली साहित्य अन्तराष्ट्रिय स्तरको लेखिएको छ । तर समस्या अनुवादको हो भन्ने उनको बझाइ छ । कवितामा रहस्यमयी लाग्नु तोयाको कविताको प्रमुख विषेशता हो ।
बिचलित हुन्न
पानीको तपतप
ईन्द्रणी प्वाँखहरुको गुम्फन
सिमसिम बलेसीको टाक टाक टीक टीक
गहिरो रातको
सुनसान सुनसान आवाज म मात्र एक अंशमा सुन्छु र एक अंशले दृष्टि छोप्छु । तपतप कविता शिर्षकबाट






