काठमाडौ । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने मौका पाएपछि यतिखेर उनीमा खुशीको सिमा छैन । यसैपनि हरेक जेहेन्दार विद्यार्थीहरुले हार्वर्ड विश्वविद्यालयमा पढ्ने सपना देखेका हुन्छन् । उनीहरुले उक्त विश्वविद्यालयमा पढ्न पाईएको होस् भनेर कामना गरि रहेका छन् । त्यस्तो अवस्थामा जेहेन्दार मध्यकी एक श्रृंखला पनि पर्दछिन् ।
उनले आफ्नो चाहाना अनुरुपको उक्त विश्वविद्यालयमा पढन् पाउनु भनेको चानचुने कुरा कहाँ हो र ? विश्वकै चर्चित उक्त विश्वविद्यालयमा जब उनले पढ्ने अवसर पाएकी छन् तब उनीमा खुशीको सिमा नै छैन । र यो स्वभाविक पनि हो । श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन् । हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो खुशीलाई साँटेकी छन् ।
२०१८ मा मिस नेपाल बनेकी उनी लेख्छिन्,‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो । कसरी व्यक्त गरुँ ?’ मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि श्रृंखलालाई बधाइ दिँदै उनको उच्च शिक्षा अध्ययनका लागि शुभकामना व्यक्त गरेको छ । श्रृंखलाले पाएको यो अवसरकोलागी उनलाई उनका फ्यानहरुले बधाई दिनुका साथै आगामी दिनकोलागी पनि शुभकामना दिएका छन् ।






