काठमाडौ । आधुनिक जीवनशैलीले मानिसहरू चाहेर पनि सूर्यको प्रकासबाट बञ्चित भइरहेका छन् । यसैकारण पछिल्लो समय भिटामिन डी को अभावले हड्डी दुख्नेजस्ता समस्याका विरामीहरू बढ्दै छन् ।
यसअतिरिक्त पेशा र व्यवसायको प्रकृति अनुसार गरिने कामले पनि हड्डी दुख्छ । कतिपयलाई बुढ्यौलीले च्याप्दै गएपछि पनि हड्डी दुख्छ । यो अवस्गामा घरबाटै पनि केही उपचार गर्न सकिन्छ । तिलको तेल र लसुनको तेल बराबर मात्रामा मिलाई लगाउनाले हड्डी दुख्न कम हुन्छ ।
कहिलेकाहीँ जोर्नीहरु छुट्टिएर जोडिँदा हड्डीहरु दुखेको अनुभव हुन्छ । त्यसैले आलस, मैदा, बेसार, सिंदुरलाई बराबर मात्रामा मिलाई पानीमा भिजाउनुहोस् र भिजिसकेपछि रुई अथवा कपासको सहाराले जहाँ दुखेको छ त्यहाँ लगाई नरम कपडाले बाँध्नाले (फुस्केको, छुट्टिएको, मच्चिएको) हड्डी जोडिन्छ ।
धतुरोको पातलाई आगोमा सेकाई घ्यू लगाएर दुखेको ठाउँमा बाँध्नाले हड्डी दुख्न छाड्छ । लसुनको खिर बनाई खानु हड्डी दुख्ने समस्या भएकाहरूलाई निकै लाभकर हुन्छ । गहुँको आटा घ्यूमा भुटी महसँग मिलाई खानाले हड्डी दुख्न छाड्छ ।
कुनै पनि प्रकारको चोट वा दुःखाई भएको बेलामा एक गिलास दूधमा ५ ग्राम फिटकिरी मिलाई खानु प्रभावकारी हुन्छ । क्याल्सियम तथा आइरनयुक्त खानाहरु खानु हड्डी सम्बन्धी रोगको लागि प्रभावकारी हुन्छ ।






