काठमाण्डौ । मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने केही थाहा छैन । आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने उनले सुनेकी छन् । आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनले न आफन्तको न साथीभाईको कसैको साथसमेत पाईनन् । भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो ।
अलपत्र परेकी उनी आफ्नो जीवनको साँझ बिहानको छाक टार्नकोलागी गुजाराको संघर्षमा थिइन् । उनको सबै अवस्था बुझेर उनलाई काम दिनेभन्दै कामको प्र लो भ नमा पारेर एक जनाले आफ्नो डेरामा लगे । त्यसपछि ती बालिकालाई त्यो व्यक्तिले आफ्नो कोठामा ब न्ध क बनाएर केही दिन ब ला त्का र गरि रह्यो । बल्लबल्ल आफुलाई ब न्ध क बनाएर राखेको त्यो मान्छेको कोठा र हात दुवैबाट फु त्कि ए की १५ वर्षीया बालिका चिनेजानेकाको श र णमा पुगिन् । तिनकै सहयोगले त्यो ब ल त्का री समातिएको छ ।
आ रो पि तले आफुले ब ला त्का र गरेको स्विकारिसकेको छ । बालिका प्रहरी सं र क्ष णमा छिन् । तर, एउटा कानुनी ज टि ल ता आएको छ । आँखै अगाडिको ब ला त्का रीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन । स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ । किनकि, उनको उमेर पुगेकै छैन । बालिकामाथि ब ला त्का र हुन सक्छ । तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ । पी डि त मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ ।






