बाँके, १५ वैशाखः नेपलगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपलगञ्जमा पहिलोपटक थारु फुड फेस्टिभल आयोजना हुने भएको छ । थारु समुदायको मौलिक स्वाद, संस्कृति र परम्परागत खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागिएको हो ।
तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको परम्परागत खाना परिकारको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तासम्म यसको मौलिक स्वाद र सांस्कृतिक महत्व पुर्याउने उद्देश्यले नेपलगञ्जमा पहिलोपटक थारु फुड फेस्टिभल आयोजना गर्न लागिएको सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जका एडमिन एचआर म्यानेजर खम्बजंग शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपलगञ्जस्थित सोल्टी वेस्टेन प्रिमियर नेपलगञ्जमा यही वैशाख १७, १८ र १९ गते देखि तीन दिन सम्म थारु फुड फेस्टिभल आयोजना गर्न लागिएको हो । पछिल्लो समयमा थारु परिकारप्रति आकर्षण र रुचि राख्नेहरूको संख्या बढ्दै गएको तथा स्थानीय परम्परागत खानालाई व्यावसायिक रूपमा पनि प्रवर्द्धन गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको होटल व्यवस्थापनले जनाएको छ ।
ूफेस्टिभलमा अनुभवी सेफद्वारा तयार पारिएका विभिन्न परम्परागत थारु परिकारहरू प्रस्तुत गरिनेछन् ।ू होटलका जन्टल म्यानेजर शाहले बताउनुभयो । ूथारु समुदायको मौलिक खानालाई संरक्षण गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पहिलोपटक यस्तो फेस्टिभल आयोजना गर्न लागेका हौ ।ू उहाँले भन्नुभयो ।
उहाँका अनुसार फेस्टिभलमा प्रवेश निःशुल्क रहनेछ भने पाहुनाहरूले रु ५०० को रिडिमेबल फुड भौचर खरिद गरेर विभिन्न परिकारहरूको स्वाद लिन सक्ने व्यवस्था गरिएको छ । साँझ ६ बजेबाट राति ११ बजेसम्म सुरु गरिने उक्त फेस्टिवल कार्यक्रमलाई थप आकर्षक बनाउन हरेक साँझ राति ९ बजेदेखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिने जनाइएको छ ।
यसले पाहुनाहरूलाई थारु समुदायको जीवित संस्कृति, कला र परम्परासँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको राजविक्रम शाहले बताउनुभयो । सोल्टी वेस्टेन्ड प्रिमियर नेपलगञ्जद्वारा कार्ल्सबर्गको सहकार्यमा आयोजना गरिएको यस फेस्टिभलमा परिवारसहित सहभागी भई थारु परिकार र संस्कृतिको विशेष उत्सव मनाउन उहाँले सबैलाई आग्रह समेत गर्नु भएको छ ।






