बाँके, १६ फागुनः खजुरा गाउँपालिकाको खजुरा एक नम्बर बजारमा भएको नेकपा एमाले स्तरिय र्याली तथा घरदैलोका क्रममा रास्वपाका कार्यकर्ताले उग्रता देखाएका छन् । उनीहरुले एमालेका कार्यकर्ताहरुले गरेको घरदैलो कार्यक्रममा गएर अश्लिलता देखाएका हुन् । रास्वपाका कार्यकर्ताहरुले अभद्र संकेत देखाएर एमालेको कार्यक्रममा सहभागी भएका एमालेका कर्यकर्ताहरुलाई दुव्र्यवहार गरेका हुन् ।
रास्वपाका कार्यकर्ताहरुले सवारी साधनमा गएर दुव्यवहार गर्दा एमाले कार्यक्रममा सहभागी भएका महिलाहरुले आपत्ति जनाएका छन् । “हामीले घरदैलो कार्यक्रम गर्दै थियौं । रास्वपाका कार्यकर्ताहरु गाडी र मोटरसाईकलमा आएर भन्न पनि लाज लाग्ने औला देखाएर अभद्र संकेत गरेका थिए ।” कार्यक्रममा सहभागी सुजिता रानाले बताउनुभयो ।
आफ्नै कार्यक्रममा आएर रास्वपाका कार्यकर्ताहरुले महिला माथि अभद्र व्यवहार गरेपछि कार्यक्रममा सहभागी एमाले युवा विनय भण्डारीले प्रतिकार स्वरुप आक्रोस व्यक्त गरेको बताएका छन् । “हामीले गरेको कार्यक्रममा आएर हाम्रै महिला दिदीबहिनीलाई अश्लिल औंला देखाएपछि हामी चुप बस्न सकेनौं र प्रतिकार गर्यौं ।”
आज रास्वपाले गरेको अभद्र व्यवहार प्रति बाँके प्रहरीले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता दीपक पातलीले निवार्चनका समयमा सबैल राजनीतिक दल र कार्यकर्ताले संयमता अपाउन आग्रह गर्नु भएको छ । अन्यथा कानुन बमोजिम कार्वाही गरिने उहाँले बताउनु भएको छ ।
भिडियो






