बाँके, ८ फागुनः “टुर द ठाकुरद्वारा २०२६” को नेपालगञ्ज साइकल फेस्टिवल आजदेखि शुरु भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा उक्त फेस्टिबल शुरु भएको हो । आजदेखि शुरु भएको साईकल फेस्टिबलमा सहभागी भएका साईक्लिस्टहरुले बाँकेको विभिन्न स्थानहरुको भ्रमण गर्नेछन् भने भोली बर्दियाको विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको पनि भम्रण तथा अवलोकन गर्नै आयोजनकले जननाएको छ ।
वागेश्वरी मन्दिरको परिसरबाट उद्घाटन भएको साईकल फेस्टिबलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आठौं संस्करण सम्म आईपुग्दा यस्ले नेपालगञ्जलाई स्वदेश तथा विदेशमा चिनाउन सहयोग पुगेको बताउनुभयो । साथै उहाँले साईकल एकमात्र ध्वनी प्रदुण नगर्ने साधन भएको हनाले साइकल चलाउँदा स्वस्थ जीवन यापन गर्न पाईने भएको हुँदा सबैजनालाई साईकल चलाउन सुझाव पनि दिनुभयो । नगर प्रमुख विष्टले साईकल राईडरहरुले बाँके र बर्दियाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन गरेको भन्दै नेपालगञ्ज साईक्लिं क्लवलाई उपमहानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
पश्चिम नेपालको साइकलिङ क्षेत्रलाई प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।
आयोजकका अनुसार उक्त साईकल फेस्टिबलमा पहिलो दिन वाटरपाकै, कान्तिताल, सिद्धिविनायक लायन्स पार्क हुँदै कोहलपुरमा रहेको खडगवार हात्तिसार, बाँके राष्ट्रिय निकुञ्जसंगै सुतैया तालउको पनि भ्रमण गरी गाभर भ्यालीमा पहिलो दिनको कार्यक्रम समाप्त हुने छ । साईकल र्यालीले विभिन्न जनचेतनामूलक गतिविधि, स्वास्थ्य तथा वातावरणसम्बन्धी सन्देश प्रवाह तथा प्रतिस्पर्धात्मक साइकल दौड सञ्चालन गरिने छ । आयोजनका अनुसार साक्लिस्टहरुले शनेपालगञ्जदेखि ठाकुरद्वारासम्मको यात्रा मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीय संस्कृति, पर्यटकीय स्थल तथा सामाजिक गतिविधिको प्रवर्द्धन गर्नेछ ।
उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी साईक्लिस्टहरुको सहभागीता रहेको छ । साइकल यात्राले पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तार गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गरिने बताइएको छ ।
कार्यक्रमको मुख्य प्रायोजकका रूपमा बीवाईडी रहेको उक्त साईकल फेस्टिबलमा दुई सय ५० जना साईक्लिस्टहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । सहप्रायोजक तथा सहयोगी संस्थामा प्रुडेनसियल इन्स्योरेन्स, सुबिसु, इनरुडेक, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, केएल दुगड, गोपाल नीना फाउन्डेसन, सफल मोटर्स, सञ्जीवनी मेडिकल साइन्स कलेज, नेपालगञ्ज ग्यालरी तथा जी नेपाल ४के लगायतका संस्था रहेका छन् ।
यसैगरी स्थानीय तह, लुम्बिनी प्रदेश सरकार, विभिन्न संघसंस्था तथा निजी क्षेत्रको सहकार्य रहने आयोजकले जनाएको छ। कार्यक्रमले साइकल संस्कृतिको विकास, स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट साइकल राइडरहरू सहभागी हुनेछन् भने भारतका विभिन्न सहरबाट पनि भारतीय साइकल राइडरहरूको सहभागिता रहने आयोजकले जनाएको छ । यो वर्षको टुर द ठाकुरद्वारा साइकल फेस्टिभलमा एकदिन बाँकेको पर्यटकीय क्षेत्रको भ्रमण हुनेछ भने अर्को दिन बर्दियाको पर्यटकीय क्षेत्रको साइकल राइडरहरूले भ्रमण गर्नेछन् ।






