बाँके । महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जमा तालाबन्दी गरिएको छ । स्ववियू नेपालगञ्जद्धारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो । स्ववियूले बुझाएको ५१ बुँदे माग कार्यान्वयन नभएको भन्दै आफुहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी चार जना प्राध्यापकहरुलाई थुनेर राखिएको स्ववियु अध्यक्ष केशरजंग शाहीले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख लालमणी आचार्यलाई साउनको ६ गते (एक महिना अगाडी) क्याम्पसलाई डिजिटल बोर्ड, पठनपाठन नियमित, आन्तरिक रुपमा २८ जना प्रध्यापक नियुक्ति, होस्टेल वैधानिकरण गर्ने लगाएत ५१ बुँदे मागपत्र बुझाउँदा पनि हालसम्म कुनै प्रकारको जवाफ नआएपछि क्याम्पस प्रमुख आचार्यको कार्यकक्षमा तालाबन्दि गरिएको स्ववियु अध्यक्ष शाहीले बताउनुभयो ।
क्याम्पस प्रमुख आचार्यसंगै सहायक क्याम्पस प्रमुखहरु सुबास गौतम, सहायक क्याम्पस प्रमुुख भुवनेश्बर लामिछाने, विसिएका कार्यक्रम निर्देशक कोषराज रेग्मी सहीत चार जनालाई क्याम्पस प्रमुख आचार्यको कार्यकक्षमा तालाबन्दि गरी राखिएको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार आफुहरुले बुझाएको माग पुरा नभएसम्म तालाबन्दीको कार्यक्रम अनिश्चिात रहनेछ ।






