रुपनी जि एम, बाँके । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८४ सालको निर्वाचनमा माओबादी केन्द्र एक्लै निर्वाचनमा जाने बताउनु भएको छ । माओबादी केन्द्रको तेश्रो खजुरा अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले कुनै पार्टीसंग पनि गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा जाने बताउनु भएको हो ।
उहाँले अहिलेको गठबन्धन अस्वाभाविक र अप्राकृतिक रहेको आरोप लगाउँदै यो सरकार ढल्न आवश्यक रहेको बताउनुभयो । “अहिलेको गठबन्धन भ्रष्टाचार गर्नेहरु संसदमा धेरै र भ्रष्टाचारका विरुद्ध लाग्नेहरुको संख्या कम भएको अवस्थामा बनेको छ । उहाँले भन्नुभयो,“वर्तमान सरकार अलोकतान्तिक र अप्राकृतिक गठबन्धनको तालमेल भएको हुनाले यो ढल्न आवश्यक छ ।”
उहाँले देशले पाएको समानुपातिक र समावेशी संबिधान परिवर्तन गर्ने प्रयास भइरहेको बताउँदै माओवादीले कुनैपनि हालतमा परिवर्तनका उपलब्धीहरुलाई खोसिन नदिने बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “३२ हुँदा त न्याय र भ्रष्टाचारको विरुद्ध जेहाड छेड्यौं । ६४ मा जस्तै ८४ मा पनि बहुमत पाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने छौं ।”
आफु नेतृत्वको सरकार भएको बेला राम्रा कामहरु गरिरहंदा अचम्मको समिकरण बनेको जिकिर गर्दै संसदीय व्यवस्थामा ठुला दुई दल मिलेर सरकार बनाएको इतिहास नभएको उहाँले बताउनुभयो । उहाँले सरकार संचालन र समिकरणका क्रममा पार्टीबाट पनि केही कमजोरी भएको स्वकिार गर्दै कहिले कांग्रेस कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउनुभयो ।
झण्डै ४० वर्ष अगाडी पञ्चायती ब्यवस्था हुँदा खजुरामा आएको स्मरण ताजै रहेको बताउँदै उहाँले जनआन्दोलन र जनयुद्धमा खजुराले खभेलेको भुकिमाको उच्च सम्मान प्रकट गर्नुभयो । उहाँले खजुराको विकास र समृद्धिका लागि सधैं लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफुले नयाँ संघर्षको थालनी गरेको जनाउँदै आफ्नो संघर्ष शातिपूर्ण भएपनि शसक्त रहने उहाँको भनाई थियो ।
१८ गतेबाट सदन भित्र पनि नयाँ संघर्ष सुरु गर्ने जनाउँदै अध्यक्ष प्रचण्डले जनता हारेको इतिहास नभएको स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा माओबादी जनयूद्धकालका सहीद परिवारलाई सम्मान गरिनुका साथै जेष्ठ कमुनिष्ठ सदस्यहरुलाई अभिनन्दन गरिएको थियो ।
सोही क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुराका सहिद परिवारसँग भेट गर्नु भएको छ । नेकपा माओवादी केन्द्रको गाउँपालिका अधिवेशन तथा खबरदारी सभासभालाई सम्बोधन गर्न खजुरा आउनु भएका प्रचण्डले खजुराको धौलागिरी गाउँ पुगेर सहिद डम्बर रानाभाटको परिवारसँग भेट गर्नु भएको हो ।
त्यसक्रममा उहाँले पार्टीले सहिद परिवारको दुःखपीडाको साथी भएको बताउनु भएको छ । उहाँले आफु तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको बताउँदै अब सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने जिकिर गर्नु भएको थियो । “पार्टीले सहीद र सहीदहरुले दिएको योगदानलाई बिर्सेको छैन ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टी सहीदहरुले देखाएको बाटोमा निरन्तर अघि बढीरहेको छ बढ्ने छ ।”
सोही क्रममा बाँकेको खजुर गाउँपालिका ३ गोलपार्क स्थित खजुरा बहुउद्येश्यि सभाहलको उद्घाटन गर्नु भएको छ । उद्घाटनका क्रममा बोल्दै उहाँले संघिय सरकारमा जुनसुकै गठन परिवर्तन भएपनि स्थानीय तहमा पुर्ववत गठबन्धन कायम रहेकोमा खुशी व्यक्त गर्नुभयो । “माथि गठनबन्धन परिवर्तन हुँदै गर्छ ।” उहाँले भन्नुभयो, “स्थानीय तहमा पुर्ववत गठबन्धन कायम रहेको सुन्न पाउँदा खुशी लाग्यो । तपाईँहरु सबै विकास निर्माणमा मिलेर काम गर्नुस् ।”






