बाँके । बाँके जिल्ला फुटबल संघले रिक्त रहेको पदमा तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ । नेपालगन्जमा बसेको बाँके जिल्ला फुटबल संघको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दिर्घराज आचार्य (कौशल) र सरिता थापा (शाह) लाई मनोनित गरेको हो र
यसैगरी संघको सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । अध्यक्ष शाहीका अनुसार संघको विधानमा रहेको व्यवस्था अनुसार मनोनित गरिएको हो ।
संघको कार्यसमितिलाई चलायमान गराउन मनोनित हामीले रिक्त रहेको पदमा तिन पदाधिकारी र एक सदस्य मनोनित गरेका हौं ।’ उहाँले भन्नुभयो,‘कार्यसमितिमा मनोनित गरिएका व्यक्तिहरुको योगदान फुटबल क्षेत्रमा लामो समयसम्म रहेको हुनाले हामीले उहाँहरुलाई समेटेका हौं । मनोनित हुनु भएका सबैले बाँके जिल्लाको फुटबल विकासमा थप क्रियाशिल भएर काम गर्नु हुनेछ भन्ने विश्वास छ ।’
कोषाध्यक्षमा मनोनित हुनु भएका तामाङ राष्ट्रिय खेलकुद परिषद्को पुर्व प्रशिक्षक हुनुहुन्छ । चार दशक देखि फुटबल खेलाडी उत्पादनमा योगदान गरिरहनु भएका तामाङ मिलन युवा क्लबको अध्यक्ष हुनुहुन्छ ।
त्यसैगरी सह–महासचिवमा मनोनित आचार्य रोयल नेपालगन्ज फुटबल क्लबका महासचिव हुनुहुन्छ भने सरिता थापा कारकाँदो युवा स्पोर्टस क्लबका महासचिव हुनुहुन्छ । यसैगरी सदस्यमा मनोनित बस्नेत कोहलपुर रेसिङ सहारा क्लबको सल्लाहाकार तथा कोहलपुर गोल्ड कपको संयोजक हुनुहुन्छ ।






