बाँके । सशस्त्र प्रहरीद्धारा सीमामा हुने अपराधिक गतिबिधी नियन्त्रणकाको विषयमा छलफल गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा शुक्रबार साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रण, सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधिक गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रण लगाएतको विषयमा छलफल गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा.बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीका अनुसार नेपालगंज उपमहानगरपालिका वडा नं. १६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको आईसीपी भवनमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप लुम्बिनी प्रदेश अन्तर्गत रहेका बाँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमा संग जोडिएका विभिन्न वडाका वडाध्यक्षहरुसंग छलफल गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपालसंग सीमाबासीले राखेको अपेक्षा, सीमा निगरानि तथा सहजिकरण लगायत सशस्त्र प्रहरी बल, नेपाल र स्थानिय तहहरु बिच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफल तथा अन्तरक्रिया गरिएको गणपति डाँगीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा नं. ३१ गण हे.क्वा. बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ति वडाका सम्पुर्ण वडा अध्यक्षहरु, लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सशस्त्र प्रहरी बल नेपालका सम्पुर्ण प्रस्ताबित सीमा सुरक्षा गुल्म, बिओपि, एफओवी पतिहरु समेतको उपस्थित रहेको ।






