बाँके । बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीद्धारा सडक दुर्घटना सम्बन्धी कृतिम घटनामा आधारित विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४२ रिजर्भ गण हे.क्वा शमशेरगंज बाँकेमा रहेको लुम्बिनी प्रदेशस्तरीय विपद् व्यवस्थापन टिम र सशस्त्र प्रहरी बल नेपाल नं. ३० हे.क्वा वागेश्वरी बाँकेको संयुक्त आयोजनामा बिहीबार बाँकेको कोहलपुरमा अभ्यास कार्यक्रम गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेमा दैनिक २–३ वटा सडक दुर्घटनाका घटना हुने गरेको अवस्थामा यस्ता अभ्यासले दुर्घटना न्यूनिकरण गर्नको लागि अमह भूमिका हुने बताउनुभयो । ‘सडक दुर्घटना के कारणले हुन्छ, कसरी हुन्छ भन्ने कुर सबै सवारी चालक र सडक पेटीमा हिंड्डुल गर्ने यात्रुहरुलाई थाहा हुन्छ नै तर पनि ट्राफिक नियमको पालना नगरीदिंदा सडक दुर्घटनाहरु दैनिक बढ्दै गईरहेका छन् ।’ उहाँले भन्नुभयो,‘यस्ता अभ्यासले सडक दुर्घटना न्यनिकरणमा सहयोग पुग्नेछ ।’
प्रजिअ रिजालले चाड पर्वको बेलामा सडक सुरिक्षत बनाउने उद्देश्यले यस कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ४२ रिजर्भ गण हे.क्वा शमशेरगंज बाँकेमा रहेको लुम्बिनी प्रदेशस्तरीय विपद् व्यवस्थापन टिम र सशस्त्र प्रहरी बल नेपाल नं. ३० हे.क्वा वागेश्वरी बाँके व्यवस्थापन टिमलाई विषेश धन्यबाद समेत दिनुभएको थियो । यस्का साथै उहाँले सबैले ट्राफिक नियमको पालना गर्दै सडकमा सवारी चलाउन आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले हरेक दिन सडक दुर्घटना बढ्दो क्रममा रहेको बताउँदै यस्ता अभ्यासले सडक दुर्घटना न्यनिकरण हुने विश्वास व्यक्त गर्नु भएको थियो । नगरप्रमुख विष्टले पछिल्लो समय सडक दुर्घटनाको घटनालाई सम्झंदै कोहलपुर र नेपालगञ्जको व्यस्त सडकदेखि व्यस्त बजारमा समेत सडक दुर्घटनाको क्रम बढ्दै गईरहेको अवस्थामा दुर्घटना सम्बन्धी कृतिम अभ्यासले सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सबैले सडक नियम पालना गर्न सके दुर्घटना आफै टरेर जानेकुरामा जोड दिनुभयो ।
कोहलपुरमा बस र म्याजिक भ्यान दुर्घटनामा परेको काल्पनिक घटनाको उद्दारकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं ४२ रिजर्भ गण हेड क्वाटर शमशेरगंज बाँकेमा रहेको लुम्विनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिम, नेपाल प्रहरी, जिल्ला ट्राफिक कार्यालय बाँके लगायत विपदसम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोहलपुर नगरप्रमुख उपप्रमुख, स्थानीय नागरिक अगुवालगायतको सहभागिता रहेको थियो । आयोजक सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले सफलतापूर्वक कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
तस्विर…..











