बाँके । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार नेपालगञ्जमा दीप प्रज्वलन गरि संविधान दिवस मनाईएको छ । कानुन समाज सेवा नेपाल केन्द्रीय समितिले नेपालगन्जको विपी चोकमा आयोजना गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको हो ।
उक्त दीप प्रज्वलनका अवसरमा देशवासीलाई विविधता र समावेशिताको सुत्रमा बाध्दै, नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक हकको प्रत्याभुती सहितको समाजवाद उन्मुख संविधानमा ब्यवस्था भएको मुल्य र मान्यताको पालना गर्ने सबैको कर्तव्य भएको कानुन समाज सेवा नेपाल केन्द्रीय समितिका अध्यक्ष छत्र सुनार ले बताउनुभयो ।
उहाँले बाँकेमा लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्य रूपमा सम्पन्न गरेको बताउनुभयो । उक्त दीप प्रज्वलन कार्यक्रममा बाँकेमा सक्रिए रहेका विभिन्न बाल क्लवमा आवद्ध बालबालिकाहरुले दीप प्रज्वलन प्रज्वलन गरी संविधान दिवस मनाएका थिए ।
उक्त दीप प्रज्वलनमा संविधानले बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, श्रम, दुव्र्यवहार शारीरिक र मानसिक दुवै प्रकारका यातना लगाएत थुप्रै विषयमा सुरक्षित हकको प्रत्याभूति गराएको हुनाले यो संविधान बालबालिकाको हितमा रहेको बालबालिकाले बताएका थिए ।
यसका साथै बाल क्लवमा आवद्ध सबै बालबालिकाहरुले कुनै पनि ठाउँमा बालबालिकाहरुलाई दुव्र्यवहार गरेको देखेमा संविधानका विभिन्न धारा र उपधाराहरुमा टेकेर सम्बन्धित निकायमा उजुरी गर्न पनि आग्रह पनि गरेका थिए ।






