बाँके । बाँके प्रहरीले भन्सार छलेर ल्याएको साढे २० लाखको सामानसहित बस नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाल भित्रिदै गर्दा बाँके प्रहरीले ढुवानीमा प्रयोग भएको भे १ ख ३१४९ नम्बरको बसलाई विपी चोकबाट आईतबार नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।
उहाँका अनुसार बसमा एसी दुई थान, कुर्ता सुरुवाल ४८ पिस, रोल कपडा ३० रोल राखिएको थियो । ती सामानको मूल्य २० लाख ४८ हजार हुने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलीका सामानसहित बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको जनाएको छ ।






