बाँके । अत्याधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्याधिक गर्मी र लु का कारण पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले विद्यालयहरुमा चार दिन बिदा दिएको हो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा विदा दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘विपद व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार बिदा दिएको हो ।’
१५ गते परेको गणतन्त्र दिवस र १९ गते शनिवार परेसँगै उपमहानगरपालिकाले दिएको बिदा अुनसार चार दिन बिदा हुन पुगेको छ । नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ ।







